Categories
शिक्षा

थोरै विद्यार्थी भएका विद्यालय खुला गर्न सीसीएमसीमा छलफल, निर्णय भएन

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबार भएको बैठकमा विद्यार्थी संख्या थोरै भएका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।

यस्ता विद्यालय खोल्न छलफल भए पनि त्यसको आधिकारिक निर्णय नभएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए ।
उनका अनुसार बैठकमा अधिकांश विद्यालयहरूमा एक सय जनाभन्दा कम विद्यार्थी रहेकाले ठाउँ विषेशका आधारमा विद्यालय खोल्ने कि भन्ने विषयमा छलफल चलेको थियो ।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले आफूले बैठकमा १२ वर्ष उमेरभन्दा माथिका सबै विद्यार्थी र शिक्षक कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने सुझाब दिएको बताए । कोरोना जोखिमको अवस्था हेरेर ठाउँ विषेशका आधारमा कम विद्यार्थी भएका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

सरकारले जारी गरेको वैकल्पिक माध्यमबाट नसमेटिएका विद्यार्थीलाई पढाइबाट बञ्चित गर्न नहुने उनको भनाइ छ ।

एक पक्षले परीक्षा सञ्चालन गर्नुपर्छ भन्दै दबाब दिने र अर्काे पक्षले परीक्षा सञ्चालन गर्दा कोरोना संक्रमण बढ्ने भएकाले गर्नु हुँदैन भनेकाले यसलाई सही निकास दिन जरुरी रहेको सीसीएमसीका संयोजक बालानन्द शर्माको भनाइ थियो ।

खबरहबसँग कुरा गर्दै भण्डरीले विद्यार्थीको संख्या कम भएका विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने कुरामा सबै सहमत रहेको बताए ।

विद्यार्थी संख्या कम भएका विद्यालय सञ्चालन गर्ने हकमा सोच्न सकिने बैठकमा सहभागी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गाना लगायत शैक्षिक सरोकारवाला व्यक्तिहरूको सहभागिता थियो ।

१९ हजार विद्यालयमा सय जनाभन्दा थोरै विद्यार्थी

देशभर रहेका २७ हजार ८१३ सामुदायिक विद्यालयमध्ये १९ हजार भन्दा बढीमा विद्यालयमा एक सय जना भन्दा कम विद्यार्थीहरू रहेका छन् ।

शिक्षा मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एक सयभन्दा कम विद्यार्थी रहेका विद्यालयको संख्या १९ हजार ३१ रहेको छ । काठमाडौँ जिल्लामा मात्रै संख्या १६८ वटा विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी छन् ।

काठमाडौँमा २५ जनासम्म विद्यार्थी भएका विद्यालय ३६ वटा, ५० जनासम्म विद्यार्थी भएको विद्यालय ४७ वटा र १०० जना विद्यार्थी भएका विद्यालय ८५ वटा छ ।

Categories
अन्य राष्ट्रिय समाचार समाचार स्थानीय समाचार

शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्दै

सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तररूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो ।

सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा १६ पाटे बाघ फेला परेका थिए । त्यसमा भालेको सङ्ख्या नौ, पोथीको सङ्ख्या छ र लिङ्ग खुल्न नसकेको एक रहेको थियो । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणनामा सन् २००९ मा शुक्लाफाँटामा बाघको सङ्ख्या १० थियो । सन् २०१३ मा बढेर १७ पुगेको थियो । गएको पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेको पाटे बाघको सङ्ख्या बढेर १६ पुगेको छ । थोरै क्षेत्रफल भएको सो निकुञ्ज बाघको धेरै घनत्व भएको क्षेत्रका रूपमा समेत रहेको छ ।

निकुञ्ज कार्यालयले गत महिना गरेको अनुगमनमा पाटे बाघको सङ्ख्या अघिल्ला वर्षको तुलनामा सुधारोन्मुख अवस्थामा रहेको पाइएको जनाएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीका अनुसार पाटे बाघको अनुगमनको कार्य पूरा गरी स्वचालित क्यामेराबाट प्राप्त तस्वीर विश्लेषण गर्ने कार्य भइरहेको छ ।

“तस्वीरमा पाटे बाघको सङ्ख्या सन्तोषजनकरूपमा रहेको पाइएको छ”, उनले भने, “आहारा प्रजातिको संरक्षणसँगै पाटे बाघको उपस्थिति उत्साहजनक अवस्थमा रहेको पाएका छौँ ।” आहारा प्रजातिको घनत्व निकै राम्रो भएकाले पाटे बाघको बासस्थानसमेत राम्रो अवस्थमा रहेको उनले बताए । पाटे बाघका आहारा प्रजातिका लागि चरन क्षेत्रमा सुधारसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र १४५ बढी कृत्रिम पोखरी निर्माण गरी निरन्तररूपमा पानीको व्यवस्था गरिँदै आएको छ । निकुञ्जमा ५५ बढी साना–ठूला गरी प्राकृतिक ताल रहेका छन् ।

बाघ जोगाउनका लागि निरन्तररूपमा गस्ती, बासस्थान रहेको क्षेत्रको सुरक्षाका लागि एक सातादेखि १० दिनसम्म ठाउँठाउँमा क्याम्पेनिङ गरी निकुञ्ज क्षेत्रमै बस्ने गरी सुरक्षाकर्मीको टोली परिचालन गर्ने, सुराकी परिचालन गर्नेलगायतका कार्य हुँदै आएको सूचना अधिकारी चौधरीले बताए ।

“निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी शिकारी गर्नेलगायतका व्यक्ति देखापरे त्यसविरुद्ध सुराकी परिचालन गरी सूचना लिने कार्य गर्दै आएका छौँ”, उनले भने, “पाटे बाघलगायत दुर्लभ प्रजातिका जीवजन्तुको चोरी शिकारी हुन नदिनकै लागि सुराकीले दिएको सूचनाअनुसार कारवाहीसमेत अगाडि बढाइँदै आएका छन् ।”

पाटे बाघ निकुञ्जको कोर एरिया, मध्यवर्ती क्षेत्रका वन र चुरे क्षेत्रमा पाइने गरेका छन् । निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्ने भएकाले बाघले सीमा वारपार गर्ने भएकाले पनि कहिले बाघको सङ्ख्यामा थोरैले घटीबढी हुने गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित वन्यजन्तु (अनुसूची १०) मा पाटेबाघ सूचीकृत छ । सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण कार्य गरिँदै आएको छ । बाघ गणनाको कार्य भने सन् १९९९ देखि हुँदै आएको छ । निकुञ्जको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटे बाघको मुख्य बासस्थानका रूपमा रहेको छ । पाटेबाघ विश्वकै सबैभन्दा आकर्षक र सुन्दर जनावरको श्रेणीमा पर्दछ ।

सन् २०१० मा रसियाको सेन्टपिटर्स वर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । नेपालमा पाटे बाघको सङ्ख्या भने हालसम्म २३५ रहेको छ । पाटे बाघ पारिस्थितिकीय प्रणालीमा सबैभन्दा माथिल्लो तहमा पर्ने मांसहारी जनावारका रूपमा छ । विश्वमा पाइने जम्मा नौ बाघका उपप्रजातिमध्ये तीन उपप्रजाति लोप भइसकेका छन् ।

त्यसमध्ये हाल छ उपप्रजाति मात्रै जीवित अवस्थामा छन् । सबै उपप्रजातिको सङ्ख्या तीन हजार २०० भन्दा कम छ । बासस्थानमा समेत दिनप्रतिदिन प्रतिकूल असर पर्दै गएका कारणले गर्दा बाघ सङ्कटमा पर्न थालेको छ । नेपाल–भारतसहितका देशमा पाइने पाटे बाघ तराई तथा भित्री मधेस क्षेत्रलगागतका घना वन क्षेत्रमा पाइने गर्दछ । वन क्षेत्रको संरक्षण सो क्षेत्रका बासिन्दाको जीविकोपाजर्न तथा अस्तित्वसँग जोडिएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भइसकेको बताइन्छ ।

निकुञ्जले पाटेबाघको संरक्षणसँगै आहारा प्रजातिका लागि खानेपानी, चरन क्षेत्रको व्यवस्थापन गरी बासस्थान सुधार गर्ने, पाटेबाघ तथा त्यसको आहारा, प्रजातिको चोरी शिकारी हुन नदिन संरक्षण शिक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पाटे बाघको आहारा प्रजातिबारे अध्ययन र अनुसन्धान गर्नेलगायतका कार्य अगाडि बढाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाटे बाघ मार्ने तथा यसका अङ्गको चोरी शिकारीमा संलग्न व्यक्तिलाई १५ वर्ष कैद र रु १० लाखसम्म जरिवाना गर्ने कानूनी व्यवस्थासमेत गरेको छ ।

Categories
अर्थतन्त्र राष्ट्रिय समाचार समाचार

१५ अंकले घट्यो नेप्से, १० अर्ब ९० करोडको कारोबार

साताको अन्तिम कारोबारको दिन आज शेयर बजार घटेको छ ।

आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३,०७९ दशमलव ८२ को विन्दमा कायम भएको छ ।

आज दिनभरिमा २१७ वटा कम्पनकिो २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनी ३३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको २९ करोड ४४ लाख, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २५ करोड ४३ लाख, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २४ करोड ७५ लाख र रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रडी हाइड्रोपावर, जीवन विकास लघुवित्तका र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Categories
प्रदेश २ समाचार

बिरगंजमा हन्ड्रेड ग्रुपद्वारा जनचेतना कार्यक्रम सम्पन्न

असाढ २७ बिरगंज
बिरगंजमा बिग्त केही दिन देखि कोभिट को कारन निषेधाज्ञा को बेला बिरगंज को बाटो खाली खाली देखिये को थियो कोभिट कमहुन्दै गएपछी बिरगंज को बजार हरुमा धेरै मनिस हरु को चाप बडे को पाइएको थियो बाटो मा मोटरसाइकल पर्किङ गरिदिने र गाउँ बाट मानिस आउदा बिच बाटो बाटै क्र्स गरिने मोटरसाइकल गाडी हरु लाई गारो हुने गरि बाटो क्रस गरिने जेब्रा क्रर्सिङ के हो गाउँ को मानिस हरु लाई थानहुने गरेको देखिएको थियो
तैसैले मध्य नजर गर्दै ट्राफिक प्रहरी ले पछीलो दुई दिन देखि प्रहरी हरु को अभियान ले बिरगंज को द हन्ड्रेड ग्रुपले जनचेत्ना को लागि आज देखि बिरगंज को घन्टा घर को मुख्य सड्क हरु मा खट्दै गरेको हड्रेट ग्रुपको अध्यक्ष बिनय गिरीले जनकारी गराउनु भएको थियो

बिग्त एक महिना देखि नै हन्ड्रेड ग्रुपद्वाले बाढी पिडित हरुलाइ राहत बितरण कार्यक्रम पनि गर्दै आएको आशिष गुप्ता ले बताए

ट्राफिक प्रहरीको नेतृत्वमा भएको कार्यक्रममा विशेष साह .निरज दास.बिशाल पटेल. बिकाश गुप्ता . अनकेश पाण्डे .लगायतको उपस्थिति रहेको थियो ।

Categories
समाचार

अफिसभित्रै हाकिमको दारु पार्टी र डिजे डान्स

प्रदेश नम्बर २ को एक नापी कार्यालयमा कार्यालय प्रमुखले अफिसभित्रै दारु पार्टी र डिजे डान्स गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

प्रदेश नम्बर २ को सिरहाजिल्ला लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

ad

 

अषाढ मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ । नापी कार्यालयका कार्यालय प्रमुख सँजय सिँहले शनिबार (आज) कार्यालयभित्रै मदिरा पार्टी गरेको हो ।

सरकारी कार्यालयभित्र यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालयको प्रमुख नै आफ्नो कार्यालयमै दारु पार्टी गरेको फोटोहरु सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ ।

जानकारी अनुसार, कार्यालय प्रमुख सिँहको विदाई कार्यक्रम समेत रहेको भन्दै कार्यालयभित्रै दारु पार्टी गरेको हो । तस्विरमा देखिए अनुसार, कार्यालयभित्रै दुई टेबललाई जोडेर ग्रीन सिग्नेचर (रक्सीको ब्राण्ड) को बोतल सहित ग्लासमा समेत मदिरा देखिएको छ ।

Categories
समाचार

साउन १ गतेबाट नेपालमा पनि टिकटक बन्द हुने !

काठमाडौ । नेपालमापनि टिकटक बन्द हुने भएको छ । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ ।

नेपालमापनि उमेर समूहलाई एकदमै भेरिफाई गर्न नेपाल हेर्ने जिम्मेवारी पाएको निकायलाई टिकटकले भनिसकेको छ । धेरै विकृति आएको भनेर गुनोसो आएपछि साउन १ गतेबाट नेपालमा टिकटक एकाउन्ट बन्द गर्ने प्रस्ताव समेत आएको छ ।

यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको थियो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो।

नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन्। यो भिडियो प्लाटर्फम त्यसैले किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ।

तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता झुटपूर्ण खाता एकाउन्टहरु टिकटकले बन्द गरिरहेको छ । टिकटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो। प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्नका लागि कम उमेरका प्रयोगकर्ताको विस्तृत विवरण सहयोगी बन्ने टिकटकले जनाएको छ।

यता नेपालमापनि टिकटकले समुदायमा असर पारिरहेको ठहर गर्दै नियमक निकायले यसलाई नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ । यसले नेपाली समाजलाई अहिले नै पचाउन सकिरहेको छैन । यसैले समाज अलिक माथी उठेपछि मात्र फेरी खोल्नेगरी टिकटकसँग नै कुरा गरेर नेपालमा ननभिजेवल बनाउँन आग्रह गर्न प्रस्ताव गरिएको नियमक निकायका एक अधिकारीले बताए ।

Categories
अन्तर्राष्ट्रिय समाचार प्रदेश २

साउनदेखि अवैध आयातीत मोबाइल नचल्ने

सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८–०८९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक लगाउने भएको हो ।

प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सेवा सञ्चालनमा ल्याई अवैध मोबाइलमाथि पूर्ण प्रतिबन्ध लगाउन लागेको जनाएको छ ।

एमडीएमएस सिस्टम कार्यान्वयनमा आएपछि हराएका तथा चोरी भएका मोबाइल आईएमईआई नम्बरका आधारमा फेला पर्न सहयोग पुग्ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

सुरक्षा निकायलाई अपराध अनुसन्धान सघाउ पु–याउने पनि यो प्रणालीले सहयोग गर्नेछ । मोबाइलको आईएमईआई दर्ता भए नभएको हेर्ने र नरहेको खण्डमा अनलाइनबाटै दर्ता गर्न सकिने व्यवस्था मिलाएको उनले जानकारी दिए । विदेशबाट उपहार स्वरुप प्राप्त भएका मोवाइलको पनि दर्ता नभएको भए तत्काल प्राधिकरणको वेबसाइटमा गइ दर्ता गर्न प्रवक्ता पौडेलले आग्रह गरेका छन् ।

आफ्नो मोबाइलको आईएमईआई नम्बरमार्फत प्राधिकरणको सिस्टमा दर्ता भए नभएको पत्ता लगाई प्रक्रिया पूरा गर्न आग्रह गरे । वैधानिक रुपमा ल्याइएका मोबाइलहरुको आईएमईआई प्राधिकरणमा दर्ता हुने गरेको र दर्ता नभएका मोबाइल अवैध ठहरिने प्राधिकरणले जनाएको छ । अब विदेशबाट सिधै खरिद गरेर ल्याइएका मोबाइल प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् ।

विदेशबाट फर्किदा साथमा ल्याउने आफ्नो मोबाइल र उपहारमा ल्याउने मोबाइलका लागि भन्सार विभागको नियमअनुसार एमडीएमएसमा दर्ताको व्यवस्था मिलाइएको छ । यसका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआइडीसी) मा सिस्टम निर्माण भइसकेको र भदौसम्म प्राधिकरणले पनि सिस्टम निर्माण गर्ने जनाएको छ ।

Categories
अन्तर्राष्ट्रिय समाचार

अष्ट्रेलिया सरकारले कोरोना विरुद्धको खोप दिने क्रमलाई तिब्रता दिने

अष्ट्रेलियाका प्रधानमन्त्रीले कोरोना विरुद्धको खोपको मात्रा बढाउने बताएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गरेका हुन्।

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसको खोप फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताए ।

उनले आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खोप आउने लागेको र त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वितरण गरिने भएको पनि बताएको समाचारमा जनाइएको छ । उनले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताए ।

सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि बताएका छन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसनलाई दिएको अन्तर्वार्तामा सो कुरा बताएका छन् । उनले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताए ।

जुन महिनामा अष्ट्रेलियाया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराएका छन् ।उनले दिएको शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन् । अष्ट्रेलियाको सरकारले कोरोना भाइरसविरुद्धको खोप दिने कामलाई प्राथमिकतामा राखेको छ ।

Categories
समाचार

कोरोना सङ्क्रमण कम भएसँगै भारतमा विद्यालय खुलाउने तयारी

२५ असार, बिरगंज

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् । उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने तयारी गरेका हुन् । दिल्लीमा भने सङ्क्रमणको जोखिम नै रहेकाले तत्काल विद्यालय नखुल्ने त्यहाँको सरकारले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डमा आउँदो सोमवारदेखि कक्षा १ देखि १२ कक्षासम्मका विद्यालय खुल्ने छ । तर, विद्यार्थी तत्काल विद्यालय जाने छैनन् । विद्यालयमा शिक्षक मात्र जाने छन् ।

विद्यार्थी घरमै अनलाइनमार्फत पढ्नेछन् । यस्तै, बिहारमा कक्षा १० देखिमाथिका कक्षाको पढाइ सोमवारदेखि नै सुरु हुनेछ । यसका लागि ५०, ५० प्रतिशतमा विद्यार्थीलाई आलोपालो गरी विद्यालयमा बोलाइने छ ।

महाराष्ट्रमा आउँदो ३१ गतेदेखि कक्षा ८ देखि १२ कक्षासम्मको पढाइ हुनेछ । त्यसैगरी आन्ध्र प्रदेशमा अर्को महिना विद्यालय खुलाउने तयारी छ । राजस्थानमा भने विद्यालयमा नयाँ भर्नाका लागि अनुमति दिइएको छ ।

तत्काललाई भने विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिलाई अनुमति दिइएको छैन । त्यसैगरी उत्तर प्रदेशका विद्यालयमा साउन ४ गतेदेखि ९ देखि १२ कक्षासम्मको पढाइ हुनेछ ।

Categories
अन्य

डडेल्धुरा प्रशासनले महिलाको नागरिकतामा पुरुषको तस्बिर टाँसिदिएपछि…

२०७८ असार २३
डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक महिलाको नागरिकता प्रतिलिपीमा पुरुषको तस्बिर टाँसेको पाइएको छ।

प्रशासनले जिल्लाको अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकतामा एक पुरुषको फोटो राखेर त्रुटि गरेको हो।

धामीको नागरिकतामा अजयमेरु गाउँपालिका–१ समैजीका राजबहादुर भण्डारीको तस्बिर टाँसीएको हो। उक्त नागरिकताको प्रतिलिपिमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले हस्ताक्षर गरेका छन्।