Categories
प्रदेश २ समाचार

वीरगञ्जमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो, प्रहरीसँग झडप हुँदा केही विद्यार्थी नेता घाइते

वीरगन्ज सहित देशभर सरकारको विरोधमा संयुक्त विद्यार्थी संगठनले मशाल जुलुश प्रदर्शन गरेको छ  प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले आज वीरगन्जमा पनि प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोधमा मशाल जुलश सहित प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघले घण्टाघरबाट, अखिल क्रान्तिकारीले मिनाबजार गल्लीबाट र समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियुले माईस्थानबाट मशाल जुलुश सहित प्रदर्शन गरेका थिए । अनेरास्ववियुका केन्द्रीय सचिव अरुण यादवको नेतृत्वमा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजित गिरी तथा नेविसंघका कार्यवाहक जिल्ला अध्यक्ष विकेश पटेलले नेतृत्वमा जुलुश निकालिएको थियो ।

Categories
समाचार

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

आषाढ १६

काठमाडौँ । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुसार चार किलोमिटरसम्मको दर रु १४ उल्लेख छ । त्यसपछि भाडा बढेको छैन । गत वर्ष बन्दाबन्दीपछि कोरोना महामारीबाट बच्न सरकारले सिट क्षमताको आधामात्र यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो ।

यस वर्ष दुईमहिने निषेधाज्ञापछि असार १५ गतेदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खुला गर्दा यस्तो निर्णय भएको तर सार्वजनिक यातायातका परिचालकले डिजेलको भाउ बढेको भन्दै रु १४ न्यूनतम् भाडाको स्थानमा रु २५ असुल गर्न थालेका छन् । आफूखुशी रु ११ भाडा बढाएर लिएको यात्रु मङ्गलबहादुर तामाङले गुनासो गर्नुभयो ।

गौशालाबाट रत्नपार्क झर्दा रु १४ भाडा लिनुपर्नेमा बढेको छ भन्दै रु २५ लिएको उहाँले सुनाउनुभयो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रि«य महासङ्घले भाडा बढाउन सरकारसँग माग गरेको थियो । तीन वर्षअघि डिजेलको मूल्य रु १०१ हुँदा भाडा समायोजन भएको थियो । यसअघि तेलको भाउ घट्दा सार्वजनिक यातायातको भाडा घटेको छैन ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने विसं २०६९ देखि सार्वजनिक यातायातको भाडा समायोजन नभएको दाबी गर्नुहुन्छ । महासङ्घको मागअनुसार विभागका महानिर्देशकले भाडा समायोजन हुनुपर्ने निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकामा पेश भएको छ । सरकारले समायोजन नगरे व्यवसायीले गरेको गृहकार्यका आधारमा महासङ्घले बढेको घोषणा गर्ने अध्यक्ष कर्माचार्य बताउनुहुन्छ ।

 

Categories
अन्तर्राष्ट्रिय समाचार

क्यानडामा अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ६० नाघ्यो

१६ असार, 
क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको छ।

ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन्। उक्त क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको बताइएको छ।

ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन।   

भ्यानकुभरको बाहिरीबस्ती रहेको बर्नेबीमा रहेका रोयल क्यानडियन माउन्टेड प्रहरी माइक कलान्जले भने, आफ्ना छिमेकी, परिवारका सदस्य, ज्येष्ठ नागरिकको के भइरहेको छ, खोज्नुहोस्।

यो मौसम हाम्रो समुदायका जोखिममा रहेका सदस्यहरूलाई घातक हुनसक्ने हामीले देखिरहेका छौँ, खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन्।

यस्तो अति गर्मीका बेला हामीले एकअर्काबारे बुझ्नु अति आवश्यक छ। बर्नेबीमा मात्रै प्रहरीले एक्कासि मृत्यु भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको बताएको छ र त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू छन्।

ग्लोब र मेल पत्रिकाले जनाए अनुसार ब्रिटिश कोलम्बियाका प्यारामेडिकहरूले आइतवार तापक्रम बढ्दा समस्या भएको भन्दै एकसयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका बताएका थिए।

लीटनको सानो गाउँमा बस्ने मेघन फ्यान्डरिचले ती पत्रिकालाई जनाए अनुसार घरबाट बाहिर निस्किन लगभग असम्भव भनेको थियो। सहनै नसक्ने भएको छ, उनले भनिन्।  हामी सकेसम्म घरभित्रै बस्ने प्रयास गरिरहेका छौँ।

मलाई लाग्छ हामी गर्मीसँग अभ्यस्त छौं तर यो सुख्खा गर्मी हो। ३० भन्दा ४७ डिग्री सेल्सियस धेरै नै बढी हो। इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ।

त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ। हामी विश्वमा धेरै चिसो हुने र हिउँ पर्ने देशको सूचीमा दोस्रो स्थानमा पर्छौं, इन्भाइरोन्मेन्ट क्यानडाका वरिष्ठ जलवायुविद् डेभिड फिलिप्सले भने।

हामी चिसोबारे धेरैजसो कुरा गर्छौं तर गर्मी मौसमबारे त्यतिधेरै कुरा गर्दैनौं, उनले भने।

अमेरिकामा कस्तो असर परेको छ?

अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा तापक्रम बढी छ।

सन् १९४० यता तथ्याङ्क राख्न थालेयता अहिले त्यहाँ सबैभन्दा बढी तापक्रम पुगेको छ। अमेरिकाको न्याश्नल वेदर सर्भिसका अनुसार ओरेगनको पोर्टल्याण्डमा तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ भने सियाटलमा ४२.२ पुगेको छ।

गर्मी यति बढी छ कि तारहरू पग्लिएका छन् र त्यसैकारण आइतवार पोर्टल्याण्ड स्ट्रीटकार सेवा बन्द गरिएको थियो।
सियाटलका एक बासिन्दाले समाचार संस्था एएफपीसँग बोल्दै वासिङ्टनस्थित सहरको मौसम मरभूमिजस्तो महसुस भएको बताएका छन्।

विज्ञहरूले जलवायु परिवर्तनका कारण अति गर्मी वा अति जाडो जस्ता मौसमहरूको क्रम बढ्ने ठानिएको बताएका छन्। यद्यपि कुनै एउटा घटनालाई विश्वव्यापी तापमानवृद्धिसँग जोड्न भने जटिल रहेको उनीहरू बताउँछन्।

Categories
अन्तर्राष्ट्रिय समाचार

इटाली बन्यो युरोपको पहिलो ‘मास्क फ्री ‘ देश

१६ असार । इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। 

सोमबारदेखि घरबाट बाहिर निस्किँदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ।

सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलँदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो।

इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ। इटालीमा कोरोना संक्रमणका कारण हालसम्म  एक लाख २७ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट त्यहाँ ४२ लाख ५९ हजार १ सय ३३ जनामा संक्रमित भएको वल्डोमिटरले जनाएको छ।

Categories
समाचार

आजदेखि प्रदेश २ सहित ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

  1. वीरगञ्ज, १५ असार । आजदेखि तीनदिनसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं. २ सहित देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ । यो क्रम तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन ।

उनका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी (ठूलो) वर्षा भइरहेको छ। यो क्रम अझै तीन दिन जारी रहने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Categories
अन्तर्राष्ट्रिय समाचार

असार १८ गते बैठक बस्ने स्थायी कमिटीको निर्णय

काठमाडौं : नेकपा (एमाले) ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको  मंगलबार सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मंगलबारको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था जटिल र संकटपूर्ण भएको निष्कर्षसहित केन्द्रीय कमिटीको बैठक असार १८ गते आव्हान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

एमाले अध्यक्ष केपी  ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा सञ्चालन गर्न तप्पर भएको घोषणा गरेका थिए ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेपाल पक्षका केही तत्कालीन सांसद्ले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त अगाडि सारेका थिए।

उक्त हस्ताक्षर फिर्ता भएमा पार्टीले गरेका कारबाही फिर्ता गरिने र यसबीचका विवादका कारण कसैप्रति पूर्वाग्रह नराखिने अध्यक्ष ओलीको प्रस्ताव थियो ।

यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न १६ गते बिहान ११ महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने तय गरेको थियो ।

सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो  ।

उक्त निर्णयमा नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहँदै आएकामा वार्ता र संवादबाट पार्टी एकतालाई कायम राख्ने कोशिश भइरहेको छ ।

Categories
समाचार

बुधबारदेखि देशभर भारी वर्षा हुने

ADVERTISEMENT

जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।

  • विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू-भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए । उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ ।

यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भने पानी परिरहेको जनाइएको छ ।

Categories
अन्तर्राष्ट्रिय समाचार

माओवादीले कारबाही गरेका मेयरलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

रौतहट : दल त्याग गरेको भन्दै निर्वाचन आयोगले पदमुक्त गरेका रौतहटका दुईजना मेयरलाई सर्वोच्च अदालतले पुर्नवाहाली गरेको छ ।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न नगराउन आदालतले अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगलाई विपक्षी बनाइ मेयर रिनाकुमारी साह र शियाराम कुश्वाह अन्तरिम आदेशको माग गर्दै अदालत पुगेका थिए ।

अदालतको आदेशमा उनीहरुले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको, अर्को दल गठन गरेको  अवस्था नदेखिएको भन्दै कामलाई निरन्तरता दिनू भनेको छ । निर्वाचित जनप्रनिधिलाई निर्वाचन आयोग, माओवादी केन्द्रको पत्रचार तथा कार्वाही रिट निवेदनको अन्तिम टुगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन आदेश भएको हो ।

न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले मंगलबार मेयर साह र कुश्वाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै मेयर पदमा पुनर्वहाली  गरिदिएको हो ।

अदालतको आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुख भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तह सम्बन्धी काम कार्वाही एवम् अधिकारमा अपुरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले  गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन समेत भनिएको छ ।

नेकपा माओवादी केन्द्रले मेयर साह र कुशवाहसहित १४ जना स्थानीय तहका जनप्रतिनिधिले दल त्याग गरेको भन्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना जारी गरेको थियो ।

Categories
अन्तर्राष्ट्रिय समाचार समाचार

राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइयाे

 

वीरगञ्ज । राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइएको छ । सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनस्थित खेतमा धान रोपेर धान दिवस मनाइएको हाे ।

धान उत्पादन वृद्धि, खाद्यान्न सुरक्षा, आन्तनिर्भरता र समृद्धि भन्ने नाराका साथ सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ साेलखपुर दिवस मनाइएकाे गाउँपालिकाका सूचना अधिकारी राजेश राैनियारले वताए ।

दिवसकाे अवसरमा गाउँपालिका अन्तर्गतका २५ जना कृषकलाई सम्मान समेत गरिएकाे उनले जानकारी दिए । २५ कृषकहरुलाई गमछा ओढाएर सम्मान गर्दै कुदालाे समेत वितरण गरिएकाे राैनियारले वताए ।

गाउँपालिकाकी उपाध्यक्ष फुलमती चाैधरीकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडाध्यक्षहरु रुपलाल यादव, जुमादिन अन्सारी, विश्वनाथ पटवारी, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापा लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस्तै, वीरगञ्ज महानगरपालिकाले वडा नं ३१ मा आयोजना गरेको रोपाई कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगी सहभागी भएका थिए । नगरप्रमुख सरावगीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट ल्याइएको बताए ।

‘कृषकका समस्या समाधान गर्न महानगर गम्भीर छ । वडा नं ३१ मा चैते धान पकेट क्षेत्रको रूपमा घोषणा गर्ने लक्ष्य राखेका छौं’ नगर प्रमुख सरावगीले भने, ‘कृषकको कदम कदममा साथ दिन महानगर तयार छ ।’

 

Categories
अन्तर्राष्ट्रिय समाचार

Titel

काठमाडौँ– काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो।आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालनमा आएका छन् । २५ सिट क्षमताभन्दा बढीका यस्ता सवारी साधनलाई जोरबिजोरका आधारमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चल्न दिइएको छ ।