Categories
राजनीति

जनताको विश्वास जित्न सफल एमाले पार्टी एक्लै काफी छ : छबिलाल विश्वकर्मा

भैरहवा, ३० भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले गठनबन्धनविरुद्ध एमाले एक्लै काफी भएको दावी गरेका छन् । उनले सबैभन्दा ठूलो पार्टी एमाले भएको र पार्टीले जनताको विश्वास जित्न सफल भएको बताए ।
नेकपा एमाले जिल्ला कमिटी, रुपन्देहीले बुधबार आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता विश्वकर्माले एमालेलाई कमजोर बनाउन अनेकौं तानाबाना बुनिएको बताए । भूमिसम्बन्धि समस्या समस्या समाधान आयोग विघटन गर्नेको जनताको स्वयंले हिसाबकिताब गर्ने उनले बताए । वर्तमान सरकारले जनतालाई प्रत्यक्ष रुपमा सेवा गर्ने अवस्था नरहेको उनले बताए । उनले एमाले एकताबद्ध भएर अगाडी बढ्ने बताए ।

Categories
समाचार

बालविवाह न्यूनीकरणका लागि वृत्तचित्र आशु

भैरहवा, ३० भदौ ।

बालविवाह गर्नुहुँदैन भन्ने सन्देश दिन ‘आशु’ वृत्तचित्र (डकुमेन्ट्री) बनाइएको छ । विशेष गरी तराई–मधेशमा सामाजिक विकृतिका रुपमा रहेको बालविवाहको न्यूनीकरणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले १२ मिनेटको अवधि भाषामा वृत्तचित्र (सट फिल्म डकुमेन्ट्री) निर्माण गरिएको रुपन्देही घर भइ हाल दुवईमा रहेका अशोक साह गुप्ताले बताए । त्यस्तै दाइजोप्रथा हटाउनुपर्ने, महिला सशक्तिकरणमा जोड दिनुपर्ने र सचेतना बढाउनु वृत्तचित्रको उद्देश्य रहेको उनले बताए । एड फिल्मस् नेपालले ल्याएको वृत्तचित्र यूटुबमा हेर्न सकिने गुप्ताले बताए । ‘सानै उमेरमा विहे गर्दा महिला पुरुष दुवै विभिन्न अवसरबाट वञ्चित हुने गरेका छन्, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर छोराछोरीलाई आत्मनिर्भर बनाउनतर्फ अभिभावकले विशेष जोड दिनुपर्छ, ’उनले भने । सानै उमेरमा विवाह गर्दा विभिन्न समस्या आइपर्ने भएकाले उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने वृत्तचित्रले सन्देश दिन खोजेको उनले बताए ।

वृत्तचित्रमा अशोक शाह गुप्ताको शब्द रहेको छ भने निर्देशकको भूमिकामा रफिक खान रहे का छन् । त्यस्तै मुख्य कलाकारमा दिनेश कुमार गुप्ता, मधु गर्ड, जितेन्द्र मिश्रा, आलोक पाण्डे, अशोक कुमार, सर्वजित कुमार, शिशिर मिश्रा, कृष्ण गुप्ता, विनोद लोध, पूर्णवासी लोध, किस्लावती लोध, बुद्धिराम लोध, मान्ती लोध र निरज लोध रहेका छन् । त्यस्तै आवाजमा राहुल कसौधन र अब्दुल सलाम रहेका छन् । वृत्तचित्रको छांयाकन बाबा फोटो स्टुडियोका राजु यादवले गरेका छन् ।

Categories
स्थानीय समाचार

धकधईमा रेडक्रस द्धारा राहत वितरण

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा बाढी तथा डुबानबाट प्रभावित ७० घर परिवारलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही र धकधई रेडक्रस उपशाखाले राहत वितरण गरेको हो । गाउँपालिकाको वडा नम्बर २,३,४,५ र ६ का बाढी तथा डुबानबाट प्रभावित घर परिवारलाइ राहत सामाग्री वितरण गरिएको रेडक्रस उपशाखा धकधईका सभापति अनिल कुमार कौशलले जानकारी दिए ।

Categories
समाचार

रेडक्रस उपशाखा धकधई द्धारा स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

नेपाल रेडक्रस सोसाइटी उपशाखा धकधईले सोसाइटी (नेरेसो) को ५९ औं स्थापना दिवसको अवसरमा आज साँझ धकधईमा दिप प्रज्वलन गरेको छ ।

Categories
लुम्बिनी प्रदेश स्वास्थ्य

माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने :गोपाल उपाध्याय

भैरहवा । भीम अस्पतालका स्वास्थ्यकर्मी आमरण अनशनमा बसेका छन् । अस्पतालमा कार्यरत कर्मचारी माथि भइरहेको अन्याय–अत्याचारका विरुद्ध अनशनमा बस्न बाध्य भएको अस्पतालमा कार्यरत अहेव गोपाल उपाध्यायले बताए । अस्पताल विकास समिति मातहत कर्मचारीलाई नेपाल सरकारले तोकेबमोजिम सेवा सुविधा दिनुपर्ने आफूहरुले माग गर्दै आए पनि त्यो मागको सुनुवाइ हुन नसकेको उपाध्यायले बताए ।
अस्पताल विकास समितिले मंगलबार आयोजना गरेको धन्यवाद ज्ञापन तथा सम्मान कार्यक्रमको टिप्पणी गर्दै यहाँ कार्यरत केही कर्मचारीले सामाजिक संजालमा कर्मचारी आचरणविरुद्ध नकारात्मक तथा भ्रामक विषय पोष्ट तथा कमेन्ट गरेको भन्दै मंगलबार अस्पताल प्रशासनले तीन जनालाई स्पष्टीकरण सोधेको थियो । ‘आफू स्वयं कर्मचारी रहेको अवस्थामा सामाजिक संजालमा के कति कारणले नकारात्मक कुराहरु पोष्ट गरेको भन्दै ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न जानकारी गराइन्छ, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताद्वारा सोधिएको स्पष्टीकरणमा उल्लेख छ ।
स्पष्टीकरण सोधिएको भोलिपल्टै यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले आमरण अनशन सुरु गरेका छन् । आफूहरुले उठाएको माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका स्वास्थ्यकर्मी गोपाल उपाध्यायले बताए । अनशनमा १५ जना स्वास्थ्यकर्मी सहभागि भए पनि अस्पतालको सेवा प्रवाह भने बन्द नभएको उपाध्यायले बताए ।
अस्पतालमा कार्यरत अहेव तथा नेपाल सिएमए संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्यायले स्वास्थ्यकर्मीको गुनासो र माग अस्पताल प्रशासनले सम्बोधन गर्नुको साटो स्पष्टीकरण सोधेको बताए । उनले स्वास्थ्यकर्मीको माग पुरा नभएसम्म आन्दोलन निरन्तर सञ्चालन हुने बताए ।
यता अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालमा कार्यरत केही कर्मचारीले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गरेकाले मेडिकल सुपरिटेण्डेण्टद्वारा स्पष्टिकरण सोधिएको बताए । अध्यक्ष भण्डारीले कोरोना महामारीमा अस्पताललाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको बताए ।