Categories
राष्ट्रिय समाचार लुम्बिनी प्रदेश

रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनीद्वारा ह्वील चेयर वितरण

लुम्बिनी १३ कार्तिक / रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनीले अपाङ्गहरुलाई ह्वील चेयर वितरण गरेको छ । लुम्बिनीमा अवस्थित राजकीय बुद्ध विहारको प्रांगणमा एक कार्यक्रमको आयोजना गरी ह्वील चेयर वितरण गरेको हो । लुम्बिनी क्षेत्रका ४ जना अशक्त बालबालिकाहरुलाई ह्वेल चेयर वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि सार्कका महासचिव इसला रुवन व्यीरकोनले अपांङ्ग अशक्तलाई ह्वील चेयर वितरण कार्यक्रम आफैमा महान कार्यक्रम भएको बताए ।

रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनीले आफैमा सकारत्मक र सक्रिय क्लबको रुपमा परिचय दिएको उनले बताए । समाजिक सहयोग र समाजमा रहेको समस्या समाधान गर्न पहल नै भगवान गौतमबुद्धको एक नियम सम्बत कार्य भएको उनले प्रशंसा गरेका थिए । गौतमबुद्धको जन्मभुमिमा बुद्धको नियम वा मार्ग प्रति सबैको चासो आफैमा यो क्षेत्रलाई बुद्धमय बनाएको उनले भने ।

कार्यक्रममा अध्यक्षता गर्दै क्लबका अध्यक्ष डा. सत्दल चौधरीले क्लब आफ्ना उत्रदायीत्व निर्वाह गर्न विभिन्न निकाय वा ब्यक्तिहरुको सुझाल सल्लाह बमोजिम नै समाजिक कार्यमा अगाडी बढेको बताउदै कार्यक्रम माथि प्रकाश पारेका थिए । कार्यक्रममा हिरा बहादुर साहीले स्वागत मनतब्य राखेका थिए भने लुम्बिनी होटल ब्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवाली लगायत क्लबका विभिन्न सदस्यहरुको उपस्थिति रहेको थियो ।

Categories
राजनीति

राप्रपाको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व एवं नेपाल सम्बतको अवसर पारेर चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । पार्टी रुपन्देही जिल्ला कमिटीद्वारा शनिबार भैरहवामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट राप्रपाका नेताकार्यकर्ता सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै पार्टीका बरिष्ठ नेता दीपक बोहराले चाडपर्वले नेपालीहरुमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । स्वास्थ्य समस्याका कारण बोहोराले संक्षिप्त शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष प्रदीप उदय, उपाध्यक्ष कैलाश गुरुङ, केन्द्रिय सम्पादन समिति सदस्य ताहिर अली, रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणाले बोल्दै चाडपर्वले नेपालीहरुलाई गोलबन्ध गर्नुका साथै बन्धुत्व र भातृत्वको विकास गरेको बताए ।

उनीहरुले आगामी निर्वाचन केन्द्रित भएर पार्टी काममा लाग्न नेता–कार्यकर्तालाई आग्रह गरे । पार्टी एकजुट भएर लागे निर्वाचनमा सफल हुनुका साथै धेरै ठाउँमा नेतृत्व लिन सकिने नेताहरुले जनाए ।

यस्तै, कार्यक्रममा उद्योगी नारायणप्रसाद अग्रवाल, समाजसेवी हाली अब्दुल कलाम आजाद, जनता समाजवादी पार्टीका प्रदेश सदस्य उज्ज्वल पोखरेल, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राप्रपा जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताको स्वागत तथा सचिव बलराम शर्माको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा व्यवसायी ओमकार गौचन, पार्टीका केन्द्रिय, प्रदेश, जिल्ला, क्षेत्र, नगर तथा गाउँपालिका एवं वडा कमिटीका पदाधिकारी, सदस्य एवं भैरहवा क्षेत्रका उद्योगी व्यवसायीको सहभागिता थियो ।

Categories
राजनीति

कम्युनिष्ट आन्दोलनलाई ओलीले ध्वस्त पारेको आरोप :विश्वासी

भैरहवा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेको आरोप लगाएका छन् । शनिबार भैरवामा आयोजित समाजवादी सिद्धार्थनगरको युवा भेलामा बोल्दै विश्वासीले आफूलाई संविधान, पार्टी विधान, विचार सबैभन्दा माथि राखेर ओलीले अघि बढेको बताए ।

‘ओली प्रवृत्तिकै कारण आज कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको छ’, उनले भने, ‘ओलीले रक्षात्मक र ध्वस्त पारेको कम्युनिष्ट आन्दोलन समाजवादीले जोगाएर आगामी दिनमा बलियो बनाउँछ ।’ एमालेमा ओलीलाई देवत्वकरण गर्ने प्रवृत्ति बढेको बताउँदै विश्वासीले यसले कम्युनिष्टहरु बलियो नहुने र झनपछि झन खुम्चिने जनाए ।

कम्युनिष्ट पार्टीमा व्यक्ति नभई संगठन, विचार र सिद्धान्त प्रधान हुने उनले जनाए । ‘समाजवादी विचार र सिद्धान्तमा निर्माण भएको पार्टी हो’, उनले भने, ‘यसलाई जनतामाझ लगेर झनै बलियो र एक नम्बर पार्टी बनाउनुपर्छ ।’ पछिल्लो समय समाजवादीमा युवापुस्ता, सबै वर्ग, क्षेत्र र समुदायको आकर्षण बढेको जनाउँदै सचिव विश्वासीले सबैको भरोसायोग्य पार्टी बनाउने दावी गरे ।

पार्टीका केन्द्रिय सल्लाहकार एवं संविधान सभा सदस्य आदित्यनारायण कसौधनले वास्तविक कम्युनिष्ट पार्टी समाजवादी भएको जनाए । उनले पार्टीका नीति, सिद्धान्त र विचार बोकेर जनतामाझ जानुपर्ने र समाजवादीलाई बलियो बनाउनुपर्ने बताए । प्रदेश कमिटी सचिव एवं रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले नवौं राष्ट्रिय महाधिवेशनपछि निर्वाचित एमाले नेतृत्वले कम्युनिष्ट आन्दोलनलाई छियाछिया पारेको आरोप लगाए ।

‘यसैले समाजवादी गठन गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाएका हौं’, उनले भने, ‘समाजवादीले जुन खालको एजेन्डा, विचार र दृष्टिकोण बोकेका छ, यसले कम्युनिष्ट आन्दोलनलाई जोगाउने मात्र होइन पुनरुत्थान गर्छ ।’ समाजवादीले युवा, महिला तथा श्रमजीवी र सबै क्षेत्रको प्रतिनिधित्व गर्ने र आम नागरिकको आवाज बोक्ने उनले दावी गरे । उनले पछिल्लोपटक एमालेमा बा प्रवृत्तिको समृद्धि आएको टिप्पणीसमेत गरे ।

समाजवादी रोजेर आफूहरु सही ठाउँमा भएको र सढी ढंगले अघि बढेको उनले बताए । ‘रुपन्देहीको कम्युनिष्ट आन्दोलन रक्षा गर्न र युवाका सपना साकार पार्न पनि सबै समाजवादीमा गोलबन्ध हुनुपर्छ’, उनले भने । पार्टी केन्द्रिय कमिटी सदस्य एवं रुपन्देही सह–इन्चार्ज उमा काफ्लेले समाजवादीले व्यक्तिलाई प्रमुख नठान्ने बताउँदै आफूहरुले सिद्धान्त, नीति, नियम, कानून, संविधान मान्ने बताइन् ।

‘यसैले हामी कम्युनिष्ट आन्दोलनमा लागेर समाजवादी पार्टी छानेका हौं’, उनले भनिन्, ‘हाम्रा, विचार, सिद्धान्त, नीति सबै सही छन्, अब आम जनतामाझ गएर यसलाई स्थापित गर्नुपर्छ ।’ कार्यक्रममा पार्टी नेताहरु श्रीराम यादव, अविराम रसाइली, सरिता श्रीस, रामबहादुर बस्ननेत लगायतले बोल्दै कम्युनिष्ट आन्दोलनलाई बाचर्य राख्न समाजवादीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

युवा संघ गठन

यसैबीच नगर भेलाले ५१ सदस्यीय युवा संघ नेपाल सिद्धार्थनगर नगर कमिटी गठन गरेको छ । नितेश जानन्धरको अध्यक्षतामा युवा संघ नगर कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा कृष्ण कुँवर, बसन्त क्षेत्री, विवेक थापा छन् । यस्तै, सचिवमा विनम्र थापा क्षेत्री, कोषाध्यक्षमा समिर पन्थ, सह–सचिवमा प्रतीक क्षेत्री, अब्दुल हफिज र सुमित तुलाधर छन् ।

पिपुल्स भोलियन्टर गठन

यस्तै, युवाको नगर भेलाले गम्भीरजंग कार्कीको अध्यक्षतामा ११ सदस्यीय पिपुल्स भोलियन्टर गठन गरेको छ । जसको सचिवमा चिश्चल गुरुङ छन् ।

Categories
स्वास्थ्य

भीम अस्पतालमा २ करोड ६० लाख लगानीमा अक्सिजन प्लान्ट स्थापना

भैरहवा, ११ कात्तिक ।
भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । २ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको एक कार्यक्रमकाबीच बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री थारुले कोरोना महामारीमा आवश्यक अक्सिजन उत्पादन हुन नसक्दा नागरिकस्तरबाटै हामी आफै अक्सिजन प्लान्ट स्थापना गर्छौं भन्ने भनाइ आएको बताए । उनले स्थानीय तहहबाट जनताको दबाबमा आवश्यकता अनुसार आफै प्लान्ट स्थापना गर्छौं भन्ने स्तरसम्म छलफल चलेको बताए । मन्त्री थारुले अहिले पनि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्ने बताए । ‘सम्भावित तेस्रो लहरसंग जुध्न अक्सिजन प्लान्ट महत्वपूर्ण बन्नेछ, यसलाई सफलतापूर्वक सञ्चालन गर्नुपर्छ, ’उनले भने । कोभिड–१९ महामारीसंग संघर्ष गर्ने मात्र नभइ अक्सिजन प्लान्ट अस्पताल प्रयोजनका लागि उपयोग हुनुवर्ने उनले बताए ।
‘पुरानो अस्पतालको रुपमा रहेको भीम अस्पतालको विकासको निम्ति यस ठाउँका जनताले महत्व सुरुदेखि नै बुझेकाले यसको विकासमा योगदान दिनुभएको छ, यसको लागि उहाँहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं, ’मन्त्री थारुले भने ।
लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा देशैभरीको उत्तम स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने प्रदेशको रुपमा विकास गर्न खोजिएको उनले बताए । विशेषज्ञ सेवाहरु हाम्रै प्रदेशबाट दिन सक्नुपर्छ र हाम्रा प्रदेशका जनता हाम्रै प्रदेशमा सबै प्रकारका उपचार सेवा प्राप्त गर्नुपर्छ भन्ने लक्ष्य, उद्देश्यसहित प्रदेश सरकार स्थापनाकालदेखि नै काम गरिरहेको र यसमा क्रमशः उल्लेखनीय प्रगति भइरहेको बताए ।
५० शैयाको अस्पतालका लागि जनशक्तिको निकै अभाव भएकाले प्रदेश लोकसेवा आयोगमार्फत सरकार अभावको पूर्ति गर्न लागेको उनले बताए । अर्थतन्त्रको विकासको पहिलो खम्बा स्वास्थ्य क्षेत्र भएको उनको भनाइ थियो । कोभिड–१९ महामारीमा भीम अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।
प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले अक्सिजन प्लान्ट स्थापना हुनु यस क्षेत्रका नागरिकको लागि खुशीको कुरा भएको बताइन् । उनले कोभिड–१९ को दोस्रो महामारीमा धेरै नागरिकले ज्यान गुमाउनुपरेकाले यसबाट बच्न सावधानी अपनाउनुपर्ने बताइन् ।
भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले रुपन्देही जिल्लाको नमूना अस्पतालको रुपमा अघि बढाउने उद्देश्यसहित कार्य भइरहेको बताए । उनले अस्पतालमा १७ करोडको लगानीमा अत्याधुनिक प्रसुती गृह, विरामी कुरुवाका लागि ५० सिटको प्रतिक्षालयसहित विभिन्न कार्यक्रम सञ्चालन गरी अस्पतालको स्तरोन्नतिमा लागेको बताए । अध्यक्ष भण्डारीले जनशक्ति, स्रोतसाधन र भौतिक संरचनाको अभाव रहेकोले यसलाई व्यवस्थित गर्दै अगाडी बढेको बताए । अत्याधुनिक जनसंख्या भएको यो क्षेत्रमा भएको अस्पतालले भैरहवा मानत्र नभई नवलपरासी र कपिलवस्तुका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उनले बताए ।
कोभिड–१९ को महामारीमा ३–४ सय अक्सिजन सिलिण्डर खपत हुँदा निकै दुःख पाइएको र घण्टाघण्टामा अब अक्सिजन सिलिण्डर सकिन लागेको छ बिरामीको ज्यान जान्छ जस्ता त्रासले तनावपूर्ण स्थितिको सिर्जना भएको बताए । उनले भीम अस्पताल स्रोतसाधनमा आत्मनिर्भर बनाउनेतर्फ अगाडी बढेको र आवश्यकता अनुसार अक्सिजन अस्पताल तथा उद्योगलाई छुटमा वितरण गरिने बताए ।

Categories
राजनीति लुम्बिनी प्रदेश

एमाले रोहिणी गाउँपलिका अध्यक्षमा सुनिल कौशल

भैरहवा । रोहिणी गाउँपालिकामा नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुनिल कुमार कौशलको अध्यक्षतामा सर्वसम्मत गाउँ कमिटि चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा दिलिप मणी त्रिपाठी ,सचिवमा भोला क्षेत्री, सह सचिवमा उसमान दार्जी र अनिता हरिजन चयन भएको छ । ५१ सदस्यीय सबै पदाधिकारी सर्बसहमत चयन भएका हुन् ।

Categories
समाचार

सफलताको लागि कानूनी शासन अपरिहार्य : अध्यक्ष यादव

भैरहवा, १३ असोज । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले स्थानीय सरकार सफल हुन कानूनको शासन हुन अपरिहार्य रहेको बताएका छन् । कतिपय स्थानीय तहमा आफुलाई नै सर्वोपरि ठानी मनोमानी गर्ने परिपाटी रहेकोले त्यसलाई त्याग्दै कानून अनुसार हिडे मात्रै स्थानीय तह र त्यहाँका स्थानीयहरुको विकास हुने यादवले औल्याएका हुन् । रोहिणी गाउँपालिकाले आयोजना गरेको दुईदिने जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको समापन गर्दै यादवले कानूनको कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारी दुवैको सहकार्य उत्तिकै आवश्यक रहेको बताए । उनले स्थानीय सरकार आएको साढे ४ वर्षमा रोहिणी गाउँपालिकाले कर्मचारीहरुको सहयोग पाएको र आगामी दिनमा पनि यो सहयोग यसै गरी निरन्तर गर्न समेत आग्रह गरे । विशेष गरी कोभिड–१९ महामारीको समयमा कर्मचारीहरुले देखाएको कामको उनले प्रशंसा गरे । कोभिड–१९ को समयमा आफ्नो घरपरिवार छोडेर रोहिणी गाउँपालिकावासीको सेवाको कारणले उनीहरुप्रति गाउँपालिका कृतज्ञ रहेको उनले जनाए । संघीय सरकार, प्रदेश सरकारले समय समयमा आफ्ना नितिनियम परिवर्तन र अद्यावधिक गर्ने कारण सो नीति नियमबारे जनप्रतिनिधि तथा कर्मचारीहरु पनि अद्यावधिक हुन आवश्यक रहेकोले यिनीहरुको क्षमता अभिवृद्धिमा पालिकाले लगानी गरेको यादवले जनाए । यस्तै कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले संविधानले शासन चलाउने क्षमता, कानून बनाउने क्षमता र कार्यान्वयनको अधिकार दिएको बताए । उनले संविधानले स्थानीय सरकारलाई २२ वटा एकल अधिकारहरु प्रदान गरेको बताए । त्यस्तै प्रदेश, संघ र स्थानीय तहबीचको साझा अधिकार भनेर पनि विभिन्न साझा अधिकारहरु प्राप्त भएको उनले जनाए । उनले स्थानीय सरकार कानून बनाउने र कानून अनुसार चल्ने दुवै रहेको जिकिर गरे । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजन, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यको साथै गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रमलाई गाउँपालिकाका कानूनी सल्लाहकार सुनिल त्रिपाठीले सहजीकरण गरेका थिए । रोहिणी गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Categories
राष्ट्रिय समाचार लुम्बिनी प्रदेश

लुम्बिनीको ककरहवा सीमानाका खुल्यो, सीमानाकाबाट आवत–जावत सुरु

भैरहवा, १९ असोज /रुपन्देही जिल्लाको कालीदह–ककरहवा सीमानाका आजदेखि खुला भएको छ । सीमानाकाबाट आवत–जावत सुरु भएपछि नेपाल–भारत दुबै देशका स्थानीयले बाजागाजाका साथ पटका पडकाउँदै खुसी व्यक्त गरेका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी भारतीय क्षेत्रमै पुगेर रिबन काटेर १८ महिनादेखि बन्द रहेको ब्यरिकेटर उठाएपछि दुवै देशका नागरिकहरू खुसी भइ एकअर्कालाई मिठाइ खुलाउँदै खुसी साटासाट गरेका हुन् ।
विगत १८ महिनादेखि सीमानाका बन्द रहँदा रोटीबेटीको समबन्ध रहेको दुवै देशका स्थानीय नागरिकले निकै सास्ती खेप्नुपरेको भन्दै नगरप्रमुख चौधरीले नाका खोलिएपछि लुम्बिनीसमेतको पर्यटन प्रवर्द्धन हुने बताए ।
लामो समयदेखि नाकाबन्दका कारण चिसिन थालिएको रोटीबेटीको सम्बन्ध पुनः पूर्वत हुनेमा विश्वास ब्यक्त गर्दै उनले लुम्बिनीको सबैभन्दा नजिक र सुविधा सम्पन्न ककरहवा नाका खुलेपछि लुम्बिनी आउने पर्यटकमा वृद्धि हुने र विस्तारै पहिलाकै जस्तै अवस्था आउने बताए ।
सो अवसरमा भारत ककरहवा ग्राम पञ्चायत प्रतिनिधि दिलीप पाण्डेले दुवै देशको व्यापार एक अर्कामा भर परेको बताए । ‘रोटीबेटीको सम्बन्ध भएपनि पछिल्लो डेढ वर्षदेखि टाढिएका थियौँ, अहिले आवत–जावत खुलेको छ, हामी खुसी छौँ’, पाण्डेले भने, ‘तपाईंहरूले आफ्नो सीमा पहिला खोल्नु भएको छ, हामीले ढिलो खोलेका छौँ । यसको लागि नेपाल सरकारलाई धन्यवाद भन्न चाहान्छौँ ।’
नेपाल सरकार मन्त्रिपरिषदको ५ गते बसेको बैठकले बन्द रहेको नेपाल–भारत सीमानाका तत्काल खोल्ने निर्णय गरेपनि सीमासित जोडिएर रहेका प्रमुख जिल्ला अधिकारीहरूले माथिबाट परिपत्र नआएको बताएपछि केही दिनसम्म नाका अवरुद्ध नै रहेको थियो ।
परिपत्र आएपछि नेपालले आफ्नो नाका सुचारु गरेपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आवातजावत सहज बनाइदिएन । भारत सरकारका तर्फबाट सीमा खोलिने विषयमा कुनै प्रकारको निर्देशन नआएको बताउँदै भारतीय एसएसबीले बन्द नै राखेको थियो ।
दुई देशको आपसी सहमतिमा गत शुक्रबारबाट रुपन्देहीको मुख्य बेलहिया भन्सार नाका त खोलियो तर अन्य नाका भने पूर्ववतनै रहँदा नागरिकले राहत पाउन सकेनन् । कालीदह–ककरहवा नाका रुपन्देहीको दोस्रो ठुलो नाका हो । यसै नाका भएर बढी भारतीय पर्यटक लुम्बिनी आउने गरेका हुन्छन् ।
नेपालले नाका खोलेपनि भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएको उक्त नाकामा पहिलाको जस्तै एसएसबीले अवरोध कायमै थियो । नाका बन्द रहँदा स्थानीय १८ महिनासम्म विभिन्न चोरबाटो प्रयोग गर्दै आवत–जावत गरिरहेका देखिन्थे ।
रोटीबेटीको मात्र नभई ब्यापार र स्वास्थ्य संस्थाका लागि समेत सुविधा सम्पन्न भारतीय बजार ककरहवा स्थानीय नेपालीको लागि महत्त्वपूर्ण मानिन्छ । सीमा खुल्ने खबर पाएपछि स्थानीयहरू बाजागाजासहित नेपाल र भारतको जय जयकार गरेका थिए ।