Logo

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी

[email protected] १७ बैशाख २०७८, शुक्रबार ११:४६ मा प्रकाशित

एजेन्सी, १७ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् ।


विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले भने, ‘सच्याई यही हो ।


महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउने सबैभन्दा ठूलो चुनौति छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार