Logo

३ हजार ७०२ मा कोरोना संक्रमण पुष्टि, ६ हजार २०५ जना निको

Matribhumi Khabar १६ जेष्ठ २०७८, आईतवार १८:४८ मा प्रकाशित

२४ घण्टामा देशभर ३ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कम पीसीआर नमुनाको परीक्षण भएसँगै संक्रमितको संख्या पनि कम भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ९८६ पीसीआर परीक्षणमा ३ हजार ७०२ जनामा कोरोना पुष्टि भएको हो ।यस्तै, २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ । क्वारेन्टाइनमा ७६३ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार