Logo

हिन्दू स्वयंसेवक संघ नेपालले नेपालगन्ज उपमहानगर पालिकालाई कन्सन्टेटर हस्तान्तरण

Matribhumi Khabar १७ जेष्ठ २०७८, सोमबार २०:३५ मा प्रकाशित

१७ जेठ महेन्द्रनगर ,हिन्दु स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालले सोमबार नारी सीप बिकास केन्द्र रामलाल मैदानमा रहेको कोभिडी आईसोलेसन सेन्टरलाई ४ थान सानो र ३ थान ठुलो गरि ७ थान अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेको छ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि हिन्दु स्वयंसेवक संघ नेपालका पश्चिम् सम्भाग प्रचारक बिकुल दाहालले नेपालगन्ज उपमहानगरपालिका का मेयर डा.धबल शमशेर राणा लाई हस्तान्तरण गरेको छ।विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको प्रचारक दाहालले बताए।
सामग्री ग्रहणपछि प्रमुख राणाले आईसुलेसन उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए ।हामी निरन्तर नर सेवामा छौ,कयौं ठाउमा निशुल्क खाद्यन्न वितरण,निशुल्क औषधि वितरण क्याम्प,विभिन्न ठाउमा निशुल्क कोरोनाका बिरामीका लागि अवासिय आईसुलेसन र गरिब बस्तिमा खाद्यान्न बितरणका कार्यक्रम गर्दै आईरहेका छौ यो महामारीका बेला प्रत्येक मानवले आफ्नो आफ्नो ठाउ बाट सक्दो सहयोग गर्नु नै उत्तम धर्म मान्निन्छ हिन्दु स्वयंसेवक संघ नेपाल पश्चिम् सम्भाग प्रचारक बिकुल दाहालले भन्नूभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार