Logo

संक्रमण घट्यो भन्दै नागरिकलाई झुक्याउदै सरकार

Matribhumi Khabar १९ जेष्ठ २०७८, बुधबार ०९:०९ मा प्रकाशित

१९ जेठ महेन्द्रनगर ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकले कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ । तर, संक्रमण घट्दै गएर संक्रमितको संख्या घटेको नभई पीसीआर परीक्षण नै कम गरिएकाले संक्रमितको संख्या कम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

दैनिक करिब २० हजारको हाराहारीमा पीसीआर परीक्षण हुँदै आएकोमा पछिल्लो समय १० देखि १२ हजारको संख्यामा मात्र पीसीआर परीक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले समेत स्पष्ट पारेको छ ।

संक्रमितको संख्या कुल परीक्षणको ३० देखि ३५ प्रतिशत रहेको अवस्थामा कोरोना संक्रमण घट्यो भन्नु नागरिकलाई झुक्याउने काम मात्र भएको उनीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल पनि नमुना संकलन नै कम भएकाले परीक्षण घटेको स्वीकार्छन् ।उनले अझै पनि परीक्षणलाई समुदायस्तरमा लैजान नसकिएको र अधिकांश पीसीआर परीक्षण कोरोनाको लक्षण देखिएर अस्पताल वा स्वास्थ्य संस्थामा आई नमुना दिनेको मात्र भएको बताए । उनले स्थानीय तहमा एन्टिजेन परीक्षण पनि कमै मात्र भएको बताए।
पछिल्लो समय देशभर सरकारी र निजी गरी ९० वटा ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ । यसका साथै भारत र नेपालको सीमा नाका तथा स्थानीयस्तरमा एन्टिजेनमार्फत परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गर्दै आएको छ ।
मन्त्रालयले ११ लाखको हाराहारीमा एन्टिजेन कीट सम्पूर्ण स्थानीय पालिका तहमा पठाएको छ । तर, कहाँ–कति परीक्षण भइरहेको छ । त्यसको नतिजा अझै राम्रोसँग मन्त्रालयलाई आइसकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार