Logo

टिकटकको यति कमाईले गरिमाले गरिन् यत्रो ठुलो सहयोग, सबै चकित

Matribhumi Khabar २० जेष्ठ २०७८, बिहीबार १४:२० मा प्रकाशित

  1. २० जेठ महेन्द्रनगर ,पछिल्लो समय युवापुस्ता माथै नभई बुढाबुढी र बच्चाबच्ची पनि टिकटकमा आकर्षित छन। फुर्सदको समयलाई सदुपयोग गर्न दिनानुदिन नेपालमा पनि टिकटक प्रयोगकर्ता बढ्दो छन।हुन त टिकटकले धेरै मोडल,गायक जन्माईसकेको छ। मोडलिङ मात्र नभएर कतिपयले इन्डस्ट्रीमा आफूले यौन उत्पीडनको सामना गरेको प्रकृतिको खुलासाचलचित्रमा समेत अभिनय गरिसकेका छन।

गरिमा शर्मा पनि टिकटकमा निकै नै पपुलर प्रयोगकर्ता हुन। पछिल्लो समयमा उनले धेरै नै म्युजिक भिडियो समेत खेलिसकेकी छिन। टिकटक प्रयोगकर्ता भएरै आफ्नो कला तथा अभिनय निखारेर म्युजिक भिडियोमा समेत लगभग जमिसकेको नाम हो गरिमा शर्मा।

तर, टीकटक मनोरञ्जनको लागि मात्र नभएर कसैका लागि समाजसेवाको गतिलो माध्यम बनेको छ । म्युजिक भिडियोको चर्चित नाम गरिमा शर्माले भने टीकटक एपलाई सहयोगी हातको माध्यम बनाएकी छिन् ।अहिले लकडाउन छ। म्युजिक भिडियोको काम पनि लगभग ठप्पै छ।लकडाउन अगाडी नै छायांकन गरिएका म्युजिक भिडियोहरु रिलिज हुनु बाहेक नयाँ म्युजिक भिडियोहरु बन्न सकेका छैनन।

टिकटकको कमाईले ४०० जना भोकालाई गरिमाले गत आइतबार खाना खुवाएकी छिन् । साथै, खाना खुवाउन सक्रिय सामाजिक समूह हाम्रो टीम नेपाललाई १५ हजार रुपैयाँ पनि सहयोग गरेकी छिन् । ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनुहुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ’ टीकटकबाट आएको कमाइबारे उनले भनिन् ।

पछिल्लो समय सेलेव्रिटीले महामारीबाट प्रभावितलाई सहयोगी हात अघि बढाइरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार