Logo

आमाबुवाको रेखदेख मायाले गरिन्छ, लिङ्गले होइन !

Matribhumi Khabar २३ जेष्ठ २०७८, आईतवार ११:१९ मा प्रकाशित

तिम्रा दुई छोरीहरु मात्र छन् ? अब त एउटा छोरा पाऊ, बुढेसकालको साथी चाहिन्छ नि ! “यो कुरा ति अंकलले भन्दै थिए जसको आफ्नै छोराहरुले उनलाई फोन समेत नगरेको महिना दिन भइसकेको थियो । किन सधैं छोरीहरुलाई एक बरदान नभएर एक बोझ मानिन्छ ? किन महिलाहरुबाट आफ्ना श्रीमानको बावुआमाको हेरचाहको अपेक्षा राखिन्छ ? तर त्यहि छोरी आफ्नो आमाबुवाको हेरचाह गर्न सक्षम हुन सक्छिन् भनेर पत्याउन समाजलाई गाहो पर्छ ? हामीले समाजमा धेरै छोराहरु देखेका छौं,जसले आफ्ना आमाबुवालाई अलपत्र छाडेका छन् । त्यस्तै कैयौं छोरीहरु पनि देखेका छौं, जसले आफ्ना आमाबुवाको आर्थिक र भावनात्मक हेरचाह गरिरहेका छन् । तर पनि हाम्रो समाजले अझै छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिन छोडेको छैन ।

विवाहपछि सायद छोरी दैनिक रुपमा आमाबुवासँग दिन बिताउन सक्षम नहुन सक्छिन् तर यदि उनी सक्ने बेला र चाहिएको बेला सधै उपस्थित रहन नियन्तर प्रयास गर्दै छिन् भने के त्यो कुरालाई हामी सराहना गर्न किन सक्दैनौं? हुनसक्छ, यदि बुवाआमाको छोरा भइदिएको भए उ हरेक दिन एउटै छाना मुनि रात बिताउँथ्यो होला तर एउटै घरमा भएर पनि अर्को कोठामा आमाबुवा कस्तो छन् भनेर वास्ता नगर्ने भए छोरा पाएको छोरा छ भन्नलाई मात्र त भयो नि हैन र ? तपाईहरु आफै भन्नुस्,, तपाईलाई को भएको ठिक जस्तो लाग्छ ? त्यो छोरा जसले बाध्यतामा दैनिक तपाईको हातमा खाना थमाउछ अथवा ती छोरी जसले तपाईलाई खाना खानु भयो कि भएन भनेर मनले फोन गरेर सोध्छिन् ?

हामी भन्छौं कि हाम्रो समाज प्रगतिशील बाटो तर्फ अघि बढिरहेको छ तर अझै पनि हाम्रो समाजमा हप्तामा एक पटक मात्र भएपनि आमाबुवाको मन भएको खाना ल्याइदिने छोरी भन्दा मन बुझ्न पनि नखोजि खाना दिने छोरा हुनुमा नै गर्व महसुस गरिन्छ । आज पनि हाम्रो समाजमा यस्ता मानिसहरु पनि छन् जो छोरीहरुकै अघि आमाबुवालाई छोरा पाउनुपर्छ भनी सल्लाह दिन पछि पर्दैनन् । मेरो नजरमा यो आफ्नो परिवारको हेरचाह गर्न सक्षम बन्ने सपना बोकेका छोरीहरुलाई महिला पुरुष जति सक्षम हुन सक्दैनन् भनेर याद दिलाउने एउटा चाल हो । मेरो यो लेखद्वारा मैले कुनै छोराहरुको अपमान गर्न खोजेको होइन, मैले यति मात्र भन्न चाहेको हो कि आमाबुवाको हेरचाहमा लागेको लैङ्गिक ठप्पा गलत हो । यो केवल जोड दिनको लागि हो कि, सबैभन्दा महत्वपुर्ण कुरा भनेको कसैको आमाबुवा वृद्धाश्रममा धकेलिनु नपरोस् । यो केवल जोड दिनको लागि मात्र हो कि, सबै भन्दा महत्वपुर्ण कुरा भनेको आमाबुवाको हेरचाह हो चाहे त्यो छोराले राखोस् वा छोरीले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार