Logo

भारतीय सिमा सुरक्षा बल (एसएसबी)को एकल दादागिरी
डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काममा अवरोध

Matribhumi Khabar २५ जेष्ठ २०७८, मंगलवार १८:४४ मा प्रकाशित

 

मात्रिभुमी खबर
२५ जेठ, महेन्द्रनगर
कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम भारतीय सिमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण प्रभावित भएको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजी देखी पुनर्वास नगरपालिकाको मोहनापुल सम्म ६२ किलोमिटर खण्डमध्ये बेलौरी नगरपालिकाको वडा नम्बर ८ पचुईमा पर्न ३५ नम्बर पिल्लर क्षेत्रमा झण्डै १३ सय मिटर सडक खण्डमा डेढ वर्षदेखि भारतीय सिमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण काम रोकिएको हो ।
गत वर्ष कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बिबादीत हुलाकी सडकलाई अघि नबढाउन निर्देशन दिए पनि त्यो बारे अन्य कुनै पनि निकास निस्कन नसकेको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ । पुर्व प्रमुख जिल्ला अधिकारकै निर्देशन बमोजिम योजना कार्यालयले निर्माण व्यवसायीलाई विवादित बाहेकको क्षेत्रमा काम गर्न भनेको थियो । दुबै देशको संयुक्त नापजाँच टोली आएका बखत समेत सो विषयमा कुरा उठाएको भएपनि कुनै निकास ननिस्किएको हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैले बताए ।
बेलौरीको पचुई क्षेत्रको १३ सय मिटर सडक खण्डलाई एसएसबीले उक्त भूमि भारतमा पर्ने भन्दै काममा अवरोध सिर्जना गर्दा डेढ वर्षदेखि निर्माण कार्य अगाडि बढाउन नसकिएको उनले बताए ।
जुनसुकै देशको सिमा दसगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा ९.१ मिटर छोड्नुपर्ने प्रावधान भएता पनि उक्त क्षेत्रमा सिमा स्तम्भ बाट करीब २१ मिटर नेपालतर्फ सडक बनिरहेको सडकमा भारतीय सिमा सुरक्षा बल (एसएसबी)को एकल दादागिरीका कारण निर्माण कार्य रोकीएको हो ।
बेलौरी क्षेत्रमा सडक निर्माणको विषयलाई भारतीय एसएसबीले विवाद गर्न थालेको डेढ वर्ष बित्दा समेत विवाद सामाधान गर्न सरकारले चासो नदिइएको भन्दै स्थानिय आक्रोसित बनेका छन । पटक पटक भारतीय पक्षबाट भएको अवरोधले सडक निर्माण कार्य निन्दनिय भएको अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका सदस्य हरिश पन्तले बताए । भारतीय एसएसबीले अवरोध गरेका कारण र नेपाली तर्फ बाट कुनै पहलकदमी नहुँदा सडकको काम रोकिएको छ, ‘उनले भने, । ‘सरोकार समुहले प्रमुख जिल्ला अधिकारी महतोलाई भेटेर अवरोध रहेको काम शुचारु गर्न माग गरेका छौँ ।’ सरोकार समुहले १० दिन भित्र काम सुचार नभए यस क्षेत्रका सडकमा उतारेर निर्माण कम्पनिलाई काम गर्न लगाउने उन्ले बताए । गत बर्ष सीमा क्षेत्रमा रहेका दुवै देशका नागरिकलाई दशजगा क्षेत्र छाडेर खेती गर्न दिने सहमती भएपनि भारतीय एसएसबीले सिधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य निन्दनिय भएको बताए ।
उता सडकको विवाद सम्बन्धी समस्या सामाधानका लागि आवश्यक पहल भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । पटक पटको सडक निर्माण लगायत खेती गर्नमा रोकीएको बारेको बिबाद दुई पक्षबीच छलफल गर्ने काम भईरहेको बताए र्। बिबाद धेरै पहिले देखी रहेकोले अब यो बिबाद बारे समाधान तर्फ लागेको छु । छिटटै् समाधान हुन्छ ’ उन्ले भने । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विवरण माग गरे बमोजिम हुलाकी सडक आयोजना कार्यालय धनगढी संग कागजातहरु मगाएको छु र प्रतिबेदन तयार गरी पठाउने तयारीमा रहेको प्रजिअ महतोले बताए ।
यता े भारतीय एसएसबीले सडक निर्माणको विषयलाई लिएर अनावश्यक दुःख दिन थालेको हुलाकी सडक निर्माणको ठेक्का पाएको बाबा हंस सिद्धी शाही जेभीका निर्माण व्यवसायी चक्र शाहीले बताए । डेढ वर्षदेखि प्रभावित भएको सडकको काममा सहजीकरण गरिदिन माग गर्दै निर्माण व्यवसायीले योजना कार्यालय र स्थानीय प्रशासनमा निवेदन पेश गरे पनि कुनै सुनवाइ हुन नसकेको गुनासो गरे । काम गर्न लाग्दा भारतीय प्रहरी हतियारसहितको टोली पुग्ने र निर्माण कार्यमा अवरोध गर्ने गरेको छ । सोही कारण कालोपत्र गर्न नसकिएको हो । ’सोही कारण अहिले हामीले १३ सय मिटर क्षेत्रको काम रोकेर अरुठाँउमा काम गरीरहेका छौं,’ उनले भने ।
२०७३ सालदेखि निर्माण कार्य थालिएका हुलाकी सडक ६२ किलोमिटर सडक खण्डमध्ये ३२ किलोमिटर कालोपत्रे भइसकेको छ भने विवादित क्षेत्रको १३ सय मिटर छोडेर २८.७ किलोमिटर सडक कालोपत्रे हुने क्रममा रहेको हुलाकी सडक योजना कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार