Logo

कञ्चनपुरमा नसालु पदार्थ सेवन गराएर १९ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार!

Matribhumi Khabar २८ जेष्ठ २०७८, शुक्रबार ०९:२१ मा प्रकाशित

महेन्द्रनगर ।कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् ।
धरमपुरस्थित मुक्तिकमैया शिविरकी ती किशोरीमाथी बिहिवार नसालु पदार्थ सेवन गराएर सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।
बलात्कारमा संलग्नताको आरोपमा सोही ठाउँका २२ वर्षीय धन बहादुर बिकलाई नियन्त्रणमा लिइएको उनले बताए ।
‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिएका छौँ ।’ डिएसपी थापाले भने, ‘अर्का आरोपी फरार रहेकोले खोजी भइरहेको छ ।’
फरार बलात्कार आरोपीको खोजी कार्यका लागि प्रहरी परिचालन भएको छ ।
‘नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।’ डिएसपी थापाले भने ।
बलात्कारमा परेकी भनिएकी किशोरी शारिरिक रुपमा अशक्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार