Logo

इटहरीका चौधरी सहित दुई जना फेसबुक ह्याक गरेको आरोपमा पक्राउ

Matribhumi Khabar २८ जेष्ठ २०७८, शुक्रबार १२:३६ मा प्रकाशित

सामाजिक सञ्जाल ह्याक गरी रकम संकलन गरिरहेको गिरोहका दुई सदस्यलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । पत्रकार लगायतको फेसबुक ह्याक गर्न संलग्न भएका मध्ये दुई जनालाई प्रहरीले सुनसरीबाट नियन्त्रणमा लिएको हो ।फेसबुक ह्याक गरेर आफन्त र साथीभाइबाट रकम असुल गरेको उजुरी परेपछि थालिएको अनुसन्धान एवं कारबाहीका क्रममा दुई युवालाई नियन्त्रणमा लिइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।उनका अनुसार सुनसरीको दुबही नगरपालिका–५ का २० वर्षका रीतिककुमार कलवार र इटहरी उपमहानगरपालिका–१२ खनारका २४ वर्षका सरनेद्र चौधरीलाई दुई साताअघि नियन्त्रणमा लिइएको थियो । हाल उनीहरूविरुद्ध रोल्पा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध करिब ३ साताअघि उजुरी परेको थियो ।पत्रकार खेम बुढाले आफ्नो फेसबुक ह्याक गरी आफन्तबाट रकम सापटी लिएको र तत्काल उक्त रकम आफ्नो खातामा सारेको आरोप लगाउँदै विवरणसहित उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यस क्रममा उक्त कार्यमा संलग्न भएको आरोपमा कलवार र चौधरीलाई नियन्त्रणमा लिइएको थियो ।प्रहरीले उनीहरूविरुद्ध साइबर क्राइमअन्तर्गत मुद्दा दर्ता गरेको छ । त्यस क्रममा नेपाल राष्ट्र बैंक, एनआईसी बैंक, ई–सेवालगायतको ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार