Logo

अबैध समान बरामद

Matribhumi Khabar २८ जेष्ठ २०७८, शुक्रबार १७:०५ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय कंचनपुरको टोलिले आज बिहान भारत बाट भन्सार छलेर ल्याउदै गरेको अबैध समान बरामद गरि नियन्त्रणमा लिएको छ।

कंचनपुरको लालझाडी गाउपालिका-६ चानदेव क्षेत्रबाट लुकि छुपी ल्याउदै गरेको रु एक लाख ५० हजार बराबरको प्लास्टिक पाईप,युरिया मलखाद,चिनी र एक थान मोटर साईकल जिल्ला प्रहरी कार्यालय कंचनपुर मातहतबाट खटिएको टोलिले अबैध समान बरामद गरेको हो ।

बेवारिसे अवस्थामा फेला परेको समान कानुन बमोजिम बरामद गरि आवस्यक कार्वाहीका लागि कंचनपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी अमर बहादुर थापाले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार