Logo

दक्षिणी क्षेत्रको स्थलगत सिमा अनुगमन

Matribhumi Khabar ३० जेष्ठ २०७८, आईतवार १७:५९ मा प्रकाशित

सन्तोस पन्त/मात्रीभुमी खबर
जेठ,३० बेलौरी
कञ्चनपुरको दक्षिणी क्षेत्रको स्थलगत सिमा अनुगमन गरिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महोतोको नेतृत्वमा नेपालभारत सिमा अनुगमन गरिएको हो । कञ्चनपुर र कैलालीको सिमानाका डोकेबजार देखि सुरु भएको सिमानाका अनुगमन बेल्डाडी गाउपालिका सम्म अनुगमन गरिएको ससस्त्र प्रहरी कार्यालय ३५ नम्बर गणले जनाएको छ ।बिबादास्पद विभिन्न सिमा क्षेत्रमा दुबै देसका सिमा प्रहरी संगको मौखिक छलफल गरिएको ससस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए । भारतिय प्रहरीले गरेको बिबाद र कृषिकार्यका लागि गरिएको अवरोधका बारेमा स्थलगत निरीक्षण गर्न टोलि दक्षिणी क्षेत्रमा पुगेको प्रहरीले जनाएको छ । पुर्नवास नगरपालिकाको प्याराताल, खड्डाकंकर, बेलौरि नगरपालिकाको पचुइ र भुडामा अतिक्रमण गरिएको भुभाग बारे बुझ्न स्थलगत निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी महतोले बताए । “बिबादास्पद क्षेत्र छ दुबैदेस बिच छलफल जारी रहेको छ छिट्टै समाधान हुनेछ´उनले भने । बेलौरी नगरपालिकाको वडानम्बर -८ पचुइमा रहेको ३८ नम्बर सिमा पिल्लर नजिकै रहेको १३ सय मिटर सडकखण्ड निर्माण कार्यमा भारती सिमा सुरक्षा बल एस एस बिले अवरोध गरेपछी सडक निर्माणकार्य रोकिएको छ । रोकिएको सडक सुचारु गर्न पहल चालिएको प्रजिअ महतोले बताए ।
यस्तै बिबादास्पद निर्माणकार्य सडकामा अबरोध खुलाउन गएको अन्तर्राष्ट्रिय सिमा सरोकार समुहको डेलेकेशन लाई दश दिने अल्टिमेटम दिएको थियो । सरोकार समुहले १० दिन भित्र सडक निमार्णको काॠ नथालिए स्थानीय सडकमा ल्याइ सडक निर्माण सुरु गर्ने बताएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारि सहित सिमा सुरक्षा बलका, उपरीक्षक बिरेन्द्र बहादुर ऐर, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक उमाप्रसाद चतुर्बेदी, रास्ट्रीय अनुसंधानका प्रहरी निरीक्षक, अन्तर्राष्ट्रिय सिमा सरोकार समुहका सयोजक पल्लब राज भट्ट, सिमा सरोकार समुहका सह सयोजक आदरणीय हरि चन्द ठकुरि सदस्य हरिस पन्त लगायत संचारकर्मि र स्थानीय जनताहरुको उपस्थितिमा रहेको थियो । स्थलगत सिमा निरीक्षण पछि बिबादास्पद सडक र नेपालभारत बिच सुमधुर सम्बन्ध बन्नेमा आसाबादी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
2
+1
1
+1
1
+1
4
+1
2

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार