Logo

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु , ३ जना घाईते

Matribhumi Khabar ३१ जेष्ठ २०७८, सोमबार १२:४५ मा प्रकाशित

कैलाली – जिल्लामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आईतवार प्रदेशको राजधानी धनगढी चौराहामा मोटरसाइकल र साईकल ठोकिदाँ ४ जना घाईते भएका थिए ।घाईते मध्ये साईकल यात्री कैलालीको भजनी नगरपालिका १ का साधुराम डगौराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।मोटरसाइकलमा सवार अन्य दुई जनाको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । एक जना साईकल यात्रीको अवस्था भने सामान्य रहेको उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।से ५ प २७७१ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको स्थानियले बताएका छन् । (गोदावरी न्युज बाट सभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार