Logo

खैरो हिरोईन सहित कंचनपुरको बेलौरिमा दुई जना पक्राउ -मातृभुमी खबर

Matribhumi Khabar ३१ जेष्ठ २०७८, सोमबार १८:३० मा प्रकाशित

जेठ ३१- महेन्द्रनगर ।  कैलाली गोदावरी नगरपालिका – ५ गेटाका २८ वर्षिय सुरेन्द्र बिष्ट र सोही नगरका २२ वर्षिय सन्तोष राना लाई लागु औसधि खैरो हिरोईन सहित कंचनपुर प्रहरीले पक्राउ गरेको छ।
बिष्ट र राना लाई बेलौरी नगरपालिका ८-पर्चुई बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले बताएको छ। शंकास्पद अवस्थामा बिष्ट र राना लाई चेकचाज गर्दा ९:०८० ग्राम लागुऔसधी खैरो हिरोईन सहित सु.प.प्र.०१-००८ प ८५९ नम्बरको मोटरसाइकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कंचनपुर जानकारी दिए।
पक्राउ परेका बिष्ट र राना लाई हिरासतमा राखी अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुर जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार