Logo

महेन्द्रनगरमा जुवा खेल्ने र खेलाउने सहित ५ जना जुवाडे पक्राउ।

Matribhumi Khabar ३१ जेष्ठ २०७८, सोमबार २१:४५ मा प्रकाशित

महेन्द्रनगर जेठ ३१ ।जुवा खेली रहेको अवस्थामा कंचनपुरको भिमदत्तनगरपालिका – ४ महेन्द्रनगर बजार बाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सुचनाको आधार बाट जिल्ला प्रहरी कंचनपुर बाट खटिएको टोलिले महेन्द्रनगर गल्ली न ४ का स्थानीय बिनोद गुप्ता को घरमा जुवा खेलीरहेको अवस्थामा नगद ४६ हजार २०७ रुपैया सहित ५ जनालाई कंचनपुर प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कंचनपुर जिल्लाको भिमदत्तनगरका १८-का ६३ वर्षिय रामकृष्ण गुप्ता,३३ वर्षिय सचिन गुप्ता ,४५ वर्षिय बिनोद गुप्ता,४२ वर्षिय सुनिल गुप्ता र ५५ वर्षिय मुरारी गुप्ता रहेकोे कंचनपुर जिल्ला प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
7
+1
5
+1
2
+1
3
+1
2

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार