Logo

सब डिभिजन बन कार्यालय कंचनपुरद्वार नि:शुल्क बन प्रजातिका बिरुवा बितरण गर्ने

Matribhumi Khabar ३१ जेष्ठ २०७८, सोमबार २२:०६ मा प्रकाशित

सन्तोष पन्त /मातृभुमी खबर जेठ ३१ सोमबार ।सब डिभिजन बन कार्यालय पचकडिया कंचनपुर द्वारा बन प्रजाति को बिरूवा निशुल्क बितरण गर्ने भएको छ।

असार १६ गते देखि मसला,टिक, बकाइनो, बडहर,अमल जस्ता बनप्राजातिका बिरुवा निशुल्क उपलब्ध गराउने सब डिभिजन बन कार्यालय कंचनपुरले बताएको छ।

संघ, संस्था, बिधालय,सरकारी कार्यालय, क्लब , सामुदायिक वन को लागि संस्थागत पत्र चाहिने
ब्यक्तिगत , निजी जग्गामा बृक्षारोपण को लागि माग भएमा ५० गोटा सम्म बिरुवा माग भएमा निबेदन मात्र चाहिने ५० देखि ३०० वोटा सम्म बिरुवा माग भएमा नागरिकता, जग्गा धनी प्रमाण पत्र को प्रतिलिपी र सोही दिन बिरुवा उपलब्ध गराईने र ३०० भन्दा बढी बिरुवाहरुको माग भएमा वडा कार्यालयको सिफारिस र कर्मचारी को अनुगमन पश्चात बिरुवा उपलब्ध गराइने सब डिभिजन कार्यालय कंचनपुरका AFO दिनेश कुमार यादव ले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
1
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार