Logo

लागू औसधि सहित बेलौरीबाट दुई जना पक्राउ ।

Matribhumi Khabar १ असार २०७८, मंगलवार १२:२३ मा प्रकाशित

असार १- महेन्द्रनगर । शुक्लाफाटा नगरपालिका-१० झलारिका– २४ वर्षिय महेश चौधरी र लालझाडी गाउपालिका-२ का २५ वर्षिय रण बहादुर चौधरी लाई लागु औसधि खैरो हिरोईन सहित कंचनपुर प्रहरीले पक्राउ गरेको छ।
चौधरीलाई बेलौरी नगरपालिका ६-बिद्यानगर बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले बताएको छ। शंकास्पद अवस्थामा चौधरी लाई चेकचाज गर्दा १२.३५ ग्राम लागुऔसधी खैरो हिरोईन सहित सु.प.प्र.०२-००३ प ६७२४ नम्बरको मोटरसाइकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कंचनपुर जानकारी दिए।
पक्राउ परेका चौधरी लाई हिरासतमा राखी अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुर जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार