Logo

हुलाकि बाटोमा भारतिय एसएसबीको एकतर्फी दादागिरी :- पल्लब भट्ट

Matribhumi Khabar १ असार २०७८, मंगलवार २१:२१ मा प्रकाशित

संतोष पन्त, महेन्द्रनगर कंचनपुर /असार १ मङ्गलबार। :-डोकेबजार देखि दैजि सम्म को हुलाकि सडकखण्डमा बेलौरि नगरपालिका वडा न ८ को पचुइ स्थित पिल्लर न ३८नजिक लगभग १३०० मिटर सडक निर्माणमा भारतिय पक्षले अबरोध गरिरहेको छ।

भारतले आफै गुगललाई उपलब्ध गराएको नक्सा अनुसार पनि कंचनपुर जिल्लाको बेलौरी नगर पालिका-८ पचुइ क्षेत्र मा रहेको ३८ न. पिल्लर नजिक हुलाकी सडकलाई छुदैन तर पनि यो क्षेत्रको १३०० मिटर भन्दा बढी सडक निर्माण कार्य भारतीय पक्षले अवरोध गरि रहेको अन्तर्राष्ट्रिय सिमा सरोकार समुह, कंचनपुरका संयोजक पल्लब राज भट्टले बताए ।

भारतीय पक्षको कुनै दाबी नपुग्ने यो सडक क्षेत्र कुनै मानेमा बिबादित मान्न सकिँदैन । सरकारी निकायले तत्काल समाधान निकाल्न नसके कंचनपुर दक्षिणी क्षेत्रका सम्पुर्ण जनता आफ्नो भुमिको रक्षा र आफ्नो भुमी भित्रको बाटो निर्माणका लागि होमिनु पर्ने बध्यात्मक अवस्था आएमा यसकालागी तयार रहन सम्पुर्ण रास्ट्रप्रेमी, बिकासप्रेमी र स्वाभिमानी जनसमुदायहरुमा अनुरोध पनि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार