Logo

काँग्रेस नेता बडूद्वारा दार्चुलामा स्वास्थ्य सामग्री हस्तान्तरण

Matribhumi Khabar २ असार २०७८, बुधबार २१:५४ मा प्रकाशित

प्रकाश चन्द्र भट्ट
दार्चुला, असार २
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले खरिद गरी पठाएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय दार्चुलालाई बुधवार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । जिल्लावासीको जीउधनको सुरक्षा र थोरै भए पनि स्वास्थ्य कार्यालयलाई सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको केन्द्रिय सदस्य बडूको सचिवालयले जनाएको छ ।

कोरोनाको महामारी फैलिरहेका बेला देशभर स्वास्थ्य सामग्री अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै केन्द्रिय सदस्य बडूले स्वास्थ्य कार्यालयलाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको हो । केन्द्रिय सदस्य बडूले स्वास्थ्य कार्यालय मार्फत जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गर्न समेत आग्रह गर्नु भएको छ । उक्त स्वास्थ्य सामग्री केन्द्रीय सदस्य बडूको अनुपस्थितिमा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्ट र जिल्ला अस्पतालका प्रमुख डाक्टर आदर्श लिम्बुलाई हस्तान्तरण गर्नु भएको हो ।केन्द्रिय सदस्य बडूले जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पताल दार्चुलालाई १÷१ थान अक्सीजन कन्सन्टे«टर उपलब्ध गराउनु भएको छ । यस्तै स्वास्थ्य कार्यालय दार्चुलालाई ३५ हजार थान मास्क, ७० थान गगल फेस सिल्ड, ५० थान फुल कभर फेस सिल्ड, ७० लिटर सेनिटाइजर, ३५ थान पल्स अक्सीमिटर, ९ थान ज्वरो नाप्ने थर्मल गन, ३५ थान पिपिई सेट र २ हजार थान ग्लोब्ज हस्तान्त्रण गरिएको छ ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले कोरोना महामारीका बेला अमूल्य मानव जीवनको रक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै केन्द्रिय सदस्य बडूलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसैबीच केन्द्रिय सदस्य एवं पूर्वमन्त्री बडूले धनगढीको हरिप्रिया प्रकाश फाउन्डेशनसंग १ सय वटा अक्सिजन सिलिण्डर रिफिलिङ्गका लागि सम्झौता गर्नु भएको छ ।

उहाले स्वास्थ्य कार्यालय दार्चुला, स्वास्थ्य कार्यालयले तोकेका सरकारी वा निजि स्वास्थ्य संस्था, नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुला र केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडूको सचिवालयबाट सिफारिस भई आएका खाली अक्सिजन सिलिन्डरलाई रिफिलिङ्ग गर्नका लागि सम्झौता गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार