Logo

शसस्त्र प्रहरी द्वारा लागू औसधि सहित २ जना पक्राउ ।

Matribhumi Khabar ४ असार २०७८, शुक्रबार २१:४८ मा प्रकाशित

असार  ४ सुक्रबार,बेलौरि
सन्तोष पन्त।   पछिल्लो समय कंचनपुरको दक्षिणि क्षेत्रमा लागू औषध सम्बन्धि घट्ना बढदै गएको छ । खुल्ला सिमाक्षेत्र बाट दैनिक रुपमा लागु औषधि ओसारपसार भैरहदा शसस्त्र प्रहरिले सक्रियता बढाएको छ ।

यसै क्रममा लागुऔषधि(ब्राउन सुगर) को कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटीएको BOP भुडाको शसस्त्र प्रहरी टोलीले नेपाल भारत सिमा छुट्याउने सिमा पिल्लर न.३३ नजिकै भिमदत्त न.पा.२ उल्टाखाम बस्ने वर्ष १७ का अरुण डगौरा र भिमदत्त न.पा १९ बागफाटा बस्ने वर्ष २२ का सुनिल चौधरी लाई १ ग्राम लागू औषधि(ब्राउन सुगर)सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुबाट सु प्र प ०२००३प १७६२ नम्बरको होण्डा साइन मोटरसाइकल सहित व्लु बुक , दुई थान मोवाइल र पाच सय दर का दुई ओटा नोट र पाँच रूपैयाँ को एक नोटसमेत बरामद गरेको शसस्त्र प्रहरी बल भुडाका शसस्त्र प्रहरी निरीक्षक गोबिन्द थापा ले जानकारी दिनुभयो।

शसस्त्र प्रहरी BOP भुडाले पछिल्लो एक महिनामा १५ जनालाई लागुऔसधिको कारोबार गर्देगरेको अवस्थामा पक्राउ गरेको शसस्त्र प्रहरी निरीक्षक गोबिन्द थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
2
+1
0
+1
0
+1
1
+1
2

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार