Logo

कञ्चनपुरमा भुमि समस्या सामाधन आयोगद्धारा जिपि.एस. प्वाईन्ट निर्धारण गरी जग्गा नाप जाँच गर्ने कार्य शुरु

Matribhumi Khabar १५ असार २०७८, मंगलवार ०९:३० मा प्रकाशित

 

असार १५ मंगलबार,सन्तोष पन्त, बेलौरि।भूमि सम्बन्धी समस्या समाधान आयोग कंचनपुरले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ र बेलडाँडी गाउँपालिका वडा नम्बर ३ बाट जिपि.एस.प्वाईन्ट निर्धारण गरि जग्गा नापजाँच गर्न शुरु गरेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकहरूलाई जग्गा धनी पुर्जा उपलब्ध गराउने उद्देश्यले जिपि.एस.प्वाईन्ट राखेर जमिन नाप जाँच सुरु गरिएको भुमि समस्या समाधान आयोग कंचनपुरकि अध्यक्ष कमला बोहराले बताइन।

हाल स्थानीय तह मार्फत गराइएको लगत सङ्कलनको रेकर्ड स्थानीय तहले जिल्ला स्थित आयोगको कार्यालयलाई पठाउने र आयोगले ती फाइल अध्ययन गर्ने उहाँले बताउनु भयो । अध्यक्ष बोहराका अनुसार, हालसम्म आयोगले जग्गा सम्बन्धीको ४० प्रतिशत कार्य पूरा गरेको छ ।

कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण दुई महिना कार्य अगाडि बढाउन नसक्दा केही ढिलाइ भएको अध्यक्ष बोहराले बताउनु भयो । विगतका आयोगले गरेका अधुरा अपुरा कार्यहरूको समेत फाइल अध्ययन गरिरहेको र आउँदो साउन मसान्त सम्ममा कञ्चनपुरका सबै स्थानीय तह हरूको प्रतिनिधित्व हुने गरी नमुनाका रूपमा एक हजार घरपरिवारलाई पुर्जा दिने लक्ष्यका साथ आयोगले कार्य गरिरहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार