Logo

कुशलले पुनः वरियतामा पछि पारे पन्तदेखि स्मिथसम्मका १३ चर्चित खेलाडी

Matribhumi Khabar २० असार २०७८, आईतवार १३:०६ मा प्रकाशित

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलाडीहरूको नयाँ टी–२० वरियता सार्वजनिक गरेको छ।

आईसीसीले अपडेट गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका चार खेलाडी परेका छन्।नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ। ब्याटिङ वरीयतामा कुशल ६०औं स्थानमा रहेका छन्। यसअघि उनी ६१ औं स्थानमा थिए।

घरेलु भूमिमा भएको त्रिकोणात्मक टी–३० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल पहिलोपटक वरीयतामा परेका थिए।उनले पाँच टी–२० म्याचमा २ सय ७८ रन बनाएका छन्। उनको उच्च टी–२० स्कोर ७७ रन हो।

टी–२० सिरिजका पाँच खेलमा कुशलले ४ अर्धशतक बनाएका थिए। कुशलको त्यो डेब्यू सिरिज थियो।

डेब्यू सिरिजमै लगातार तीन टी–२० अन्तराष्ट्रियमा खेलमा अर्धशतक बनाउने कुशल विश्वकै पहिलो ब्याट्सम्यानसमेत हुन्।कुशलले टी–२० वरियतामा धेरै नाम चलेका खेलाडीलाई पछि पारेका छन्।

उनीभन्दा पछि स्टिभ स्मिथ, ​ऋषभ पन्त, शाकिवअल हसन, मुस्फीकुर रहमान, थिसरा परेरा, रस टेलर, कुशल मेन्डिस, जो रूट, मनीष पाण्डे, म्याथ्यू वेड, शोएब मलिक, मार्कस स्टोइनिस, लेन्डल सिमन्सलगायत छन्।नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ८८औं स्थानमा यथावत रहेका छन् ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ९२औं स्थानमा रहेका छन्। उनको दुई स्थान सुधार भएको हो।बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७६ औं स्थानमा यथावत रहेका छन्। नेपाल टी–२० वरीयताको १३औं स्थानमा यथावत् रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार