Logo

भन्सार छलीको सामान बरामद

Matribhumi Khabar २३ असार २०७८, बुधबार १७:०७ मा प्रकाशित

असार २३ बुधबार ।कंचनपुर प्रहरी कार्यालय मातहत बाट खटिएको टोलिले भारत बाट छली गरि ल्याएको अबैध समान बरामद गरेको छ।

कंचनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ भुजेला बाट करिब ६५ हजार दुई सय बराबरको समान प्रहरीले बरामद गरेको हो।

कंचनपुर जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलिले बुधबार बिहान करिब १० बजे तिर भारत बाट भन्सार छलेर ल्याइएको सुट ४८ थान,जेन्स सर्ट २९ पिस,लेडिज सर्ट १८ पिस र बच्चाका विभिन्न साईजका लुगा हरु बरामद गरेको कंचनपुर प्रहरीले जनाएको छ।भारत बाट छली गरेर ल्याईएको अबैध समान बरामद गरि कंचनपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार