Logo

लेन्थवर्करहरूको रिले अनशन एक साता पुग्यो तर सरकार भन्छ हामी चिन्दैनौ।

Matribhumi Khabar २६ असार २०७८, शनिबार ११:१५ मा प्रकाशित

असार २६ शनिबार ,प्रमोद ठगुन्ना “प्रयुश”/बैतडी। पाटन पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएका लेन्थवर्करहरु २१ महिना देखि आफुले काम गरेको पारीश्रमिक नपाएको भन्दै अनशनमा बसेको शुक्रबार एक हप्ता पुरा भएको छ।

पहिला सँघिय सरकारको मातहतमा रहेको पाटन-पञ्चेश्वर सडक पछिल्लो समय प्रदेश सरकारको अधिनमा आएपछी आश्वासनकै भरमा उक्त सडकखण्डमा काम गरेका १२ जना लेन्थवर्करहरु आफ्नो पारीश्रमिकको माग गर्दै गत शुक्रबार देखि अनशनरत छन। उनिहरु पाटन-पञ्चेश्वर सडक-खण्डको जिरो पोईन्टमा पाल टाँगेर अनशनमा बसीरहेका हुन । लगातारको पानीले समस्या भइरहेपनि माग पुरा नभए सम्म अनशन नतोड्ने उनिहरुले अडान छ। आफुहरुको मागप्रती सरकार गम्भिर नबनेको गुनासो गर्दै, अनशन बसेको १ हप्ता हुदा पनि प्रदेस सरकारले हाम्रो मागमा कूनै चासो नलिएको लेन्थवर्कर हरी सिह ठगुन्नाले बताउनुभयो । आज सम्म सरकारले हामिप्रतीको आधीकारीक धारणा सार्बजनीक नगरेको अर्का लेन्थवर्कर बजीर सिह नायकले बताउनुभयो ।

हाम्रो माग सम्बोधनको लागि प्रदेश सरकारले आधिकारीक धारणा नराखेसम्म अनशन नतोड्ने उनिहरुको अडान छ । लेन्थ वर्करहरुको माग सम्बोधनको लागि समुन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकतवमा सहयोग समिति पनि गठन गरिए पनी कुनै परिणाम भने आऊन सकेको छैन।
अनशनरत लेन्थवर्करहरूको स्वास्थ्य अवस्था बिग्रिदै:-
लगातार १ हप्ता देखि अनशनरत लेन्थवर्करहरू स्वास्थ्यमा समस्या देखिन थालेको छ। पाटन- पञ्चेश्वर सडक-खण्डमा २१ महिना देखि आफुले काम गरेको पारीश्रमीक नपाएको भन्दै अनशनमा रहेका लेन्थवर्करहरू कमजोरीका कारण स्वास्थ्य अवस्था बिग्रिन थालेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। गत सोमबार एक्कासी अनसन स्थलमै बेहोस भएकि लेन्थवर्कर लक्ष्मी पन्तलाइ अस्पताल भर्ना गरिएको थियो। पछि स्वास्थ्य अवस्था नियन्त्रणमा आए पछी डिस्चार्ज गरिए पनी अर्को दिन फेरी लक्ष्मी पन्त बेहोस भएकी र तत्काल अस्पताल भार्ना गर्नु परेको अर्की लेन्थवर्कर लक्ष्मी सावदले जानकारी दिएकी छन। यसरी लेन्थवर्करहरू माग तुरन्त पुरा नगरी अनसनमै अल्झाइ राख्ने हो भने लेन्थवर्करहरूको दैनिकी सँग खेलेको सरकारले स्वास्थ्य प्रति प्रती पनि खेलवाड़ गरेको ठहरिने छ।
प्रदेश सभामा निरन्तर आवाज:-
अनसन बसेयता प्रदेससभा सदस्य लिलाधर भट्टले प्रदेशसभाको बैठकमा पनि लेन्थवर्करहरुको माग सम्बोधनको लागि निरन्तर अवाज उठाउनुभएको छ । उहाले भौतीक बिकास मन्त्री दिर्घ बहादुर सोडारी र मुख्य मन्त्री त्रिलोचन भट्टसमक्ष ज्ञापनपत्र पेस समेत गर्नु भएको थियो । त्यसैगरी बिभिन्न राजनिकि दलहरुले समेत एक्वबद्धता जनाएका छन । नेकपा मावबादी केन्द्रको युवा संगठन वाइसीएल, नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्वबियू, नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेविसंघले पनि प्रेस बिज्ञप्ती जारी गर्दै उनिहरुको मागप्रती एक्वबद्धता जनाएका छन।
पुर्वाधार बिकास कार्यालय बैतडी भन्छ – हामी चिन्दैनौ:-
प्रदेशको भौतिक पूर्वाधार विकास अन्तर्गतको पूर्वाधार विकास कार्यालय बैतडीले भने सडक आफूलाई हस्तान्तरण भएपछि कुनै पनि सुपरभाइजर र लेन्थ वर्करलाई काममा नलगाएको बताएको छ ।
२०७६ सालको फागुनमा पाटन–पञ्चेश्वर सडक हस्तान्तरण भएका बेला सुपरभाइजर र लेन्थ वर्कर गरेर १६ जनाको नामावली प्राप्त भएको तर त्यो वर्ष उनीहरुलाई सडक डिभिजन कार्यालयले नै ज्याला दिएको पूर्वाधार विकास कार्यालयका प्रमुख जगत जोशीले बताए । त्यसपछि भने काममा नलगाएको उनको दावी छ ।
‘२०७६ सालको फागुनमा सडक डिभिजन कार्यालयले हामीलाई कागजपत्र बुझाउने बेला १६ जना सुपरभाइजर र लेन्थ वर्करको नामावली पनि पठाएको थियो,’ जोशीले सञ्चारकर्मीहरू सँग भने, ‘त्यो वर्षको साउनसम्मको पारिश्रमिक उहाँहरुले सडक डिभिजन कार्यालयबाटै बुझ्नुभएको हो । साउनपछि भने करार नवीकरण पनि भएको छैन । हामीले सडक ठेक्कामा लगाइसकेकाले ठेकेदारले नै सबै काम गरिरहेका छन् ।’

ती मजदुरलाई कागजी रुपमा कार्यालयले नचिन्ने भन्दै जोशीले बेला बेलामा सडक बोर्डको लोगो अंकित लुगा लगाएर काम गरेको देखिएको बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार