Logo

खैरो हिरोईन ब्राउन सुगर सहित दुई जना पक्राउ

Matribhumi Khabar २६ असार २०७८, शनिबार २०:३० मा प्रकाशित

असार २६ शनिबार महेन्द्रनगर ।  बेदकोट नगरपालिका -९ सुन्दरपुर कृषि पाईलट फारम बाट बेदकोट-९ का  २५ वार्षिय गणेश बिष्ट र सोही वडाका २६ वर्षिय करन धामीलाई लागुऔसधि खैरो हिरोईन ( ब्राउनसुगर)सहित कंचनपुर प्रहरीले पक्राउ गरेको छ।

बिष्ट र धामि लाई बेदकोट नगरपालिकाको वार्ड न-९ सुन्दरपुर कृषि पाईलट तालिमकेन्द्र परिसर बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले बताएको छ।कंचनपुर प्रहरी कार्यालय मातहत बाट खटिएको टोलिले बिष्ट र धामिलाई कृषि तालिम केन्द्रको परिसर भित्र लागू औसधि (ब्राउनसुगर)कारोबार गरिरहेको अवस्थामा २ ग्राम ६० मिलिग्राम लागुऔसधी खैरो हिरोईन बरामद भएको जिल्ला प्रहरी कार्यालय कंचनपुर जानकारी दिए।

पक्राउ परेका बिष्ट र धामिलाई हिरासतमा राखी अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुर जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार