Logo

अघि बढ्नुहोस के पि बा हामी साथमा छौं,देश भरी ओलि समुहको प्रदर्शन

Matribhumi Khabar २८ असार २०७८, सोमबार १८:१४ मा प्रकाशित

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ ।

फैसलामा देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ । अर्थात फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।
सोमबार देशका विभिन्न ठाउँमा ओलि समर्थकले प्रदर्शन गरेका छ्न भने सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा समेत ओलि समर्थकले प्रदर्सन गरेका छ्न।
प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन,प्रधानमन्त्री के पि शर्मा ओलि जिन्दावाद अघि बढ्नुहोस के पि बा हामी साथमा छौ भन्ने लेखिएको ब्यानर देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार