Logo

राष्ट्रपति भण्डारीद्वारा देउवालाई देशको ३९ औं प्रधानमन्त्रीमा नियुक्त, आजै सपथग्रहण

Matribhumi Khabar २९ असार २०७८, मंगलवार १४:३३ मा प्रकाशित

काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको परमादेशअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले देउवालाई आज (मंगलबार) संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। देउवालाई आजै सपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेअनुसार राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे सपथग्रहण कार्यक्रम राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले जनाएअनुसार ४ बजेलाई सपथ खुवाउने तयारी गरिएको छ । र, सोहीअनुसार पत्राचार गरिएको पनि उनले जनाए । देउवाले आजै माओवादी केन्द्र र कांग्रेसबाट दुई जनालाई समावेश गरेर सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार