Logo

पाटे बाघको छाला सहित २ जना प्रहरी फन्दामा

Matribhumi Khabar ३० असार २०७८, बुधबार १४:०० मा प्रकाशित

असार ३०/धनगढी।सुदुर पश्चिम् प्रदेश प्रहरी कार्यालय धनगढी,अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मसुरिया बाट खटिएको संयुक्त टोलिले पाटे बाघको छालाको कारोबार गर्ने २ जना लाई गौरिगङ्गा नगर पालिका-७ मट्कौना बाट पक्राउ गरेको छ।

कैलाली गौरीगङ्गा नगरपालिका-७ मट्कौना स्थिति सिहाशन सामुदायिक बन उपभोक्त समितिको भवन अगाडी सडक खण्डमा कैलाली महोन्याल गा वि स -५ सल्लाघारिका ५२ वर्षिय पुर्ण बहादुर बुढा मगर र लम्की चुहा न. पा.-१ का ३० वर्षिय लोक बहादुर सिजापती मगर पलास्टिको सेतो कट्टा बोकि हिडिरहेको अवस्थामा शंका आधारमा प्रहरी चेक जाच गर्दा पाटे बाघको खुट्टा देखि पुच्छर सम्मको छाला १० फिट लम्बाइ र ६ फिट ७ इन्च चौडाई भएको पाटे बाघको छाला सहित बरामद गरि दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बुढा र सिजापती लाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार