Logo

खैरो हिरोईन ब्राउन सुगर सहित २ जना प्रहरी हिरासतमा

Matribhumi Khabar ३० असार २०७८, बुधबार २३:२५ मा प्रकाशित

असार,३०बुधबार ।पछिल्लो समय कंचनपुरको दक्षिणि क्षेत्रमा लागू औषधि सम्बन्धि कारोबार दिन प्रतिदिन बढ्दै गएको छ । खुल्ला सिमाक्षेत्र भएका कारण दैनिक रुपमा लागु औषध ओसारपसारको कारोबार बढिरहेको छ ।लागू औसध नियन्त्रण गर्न ससस्त्र प्रहरि र नेपाल प्रहरीले सक्रियता बढाएको छ ।
झिलमिला प्रहरी चौकी बाट खटिएको टोलिले बुधबार चवन्नी बजार बाट दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध (ब्राउन सुगर) को कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटीएको ससस्त्र BOP झिलमिला ससस्त्र प्रहरी टोलीका नरेन्द्र ऐर र प्रहरी नायक निरीक्षक रामबहादुर बोहराको कमाण्डमा खटिएको सयुक्त गस्ति टोलिले बेलडाडि गा पा-२ खल्ला चवन्निबाट कंचनपुर जिल्ला बेदकोट न पा -२ छेला का २१ वर्षिय बिजय चौधरी र सोही वडाका १९ वर्षिय अजय चौधरीलाइ चेकजाँच गर्दा निजको साथबाट ३ ग्राम ७४० मिलिग्राम लागुऔसध (ब्राउन सुगर)सहित पक्राउ गरि थप अनुसन्धानको लागि इलाका प्रहरी बेलडाडिलाइ बुझाइएको ससस्त्र प्रहरी कार्यालय ३५ नम्बर ससस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार