Logo

पाटन-पञ्चेश्वर सडकमा २१ दिनदेखि अनसनरत लेन्थवर्करहरूले अनसन तोडे

Matribhumi Khabar ६ श्रावण २०७८, बुधबार १७:४१ मा प्रकाशित

✍️ प्रमोद ठगुन्ना “प्रयुश” / बैतडी।  गएको असार १८ गतेदेखि पारिश्रमिकको माग गर्दै बैतडीमा अनसन बसेका लेन्थवर्करहरुले बुधबार अनसन तोडेका छन् । पाटन–पञ्चेश्वर सडकमा काम गर्दै आएका लेन्थवर्करहरुले २१ महिनादेखि पारिश्रमिक नपाएको र काम गरेको पारिश्रमिक पाउनुपर्ने भन्दै सो सडकको जिरो पोईन्टमा १२ जना लेन्थवर्करहरु अनसनमा बसीरहेका थिए ।
लेन्थवर्करहरुका समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले आज आफुहरू सँग वार्ता गरेको र समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता सरोकारवालाहरुले जनाएकाले तत्कालका लागि आफूहरुले अनसन स्थगित गरेको अनसनरत एक लेन्थवर्करले बताएका हुन । तर हामीहरुको आन्दोलन भने जारी अझै जारी छ ‘एक लेन्थवर्करले भने, ‘हामीले अनसन बसेको २१ दिन सम्म पनि माग पूरा भएन् ।अब हामीले आन्दोलनको स्वरुप बदल्ने निर्णय गरेका छौं र तत्कालका लागि अनसन स्थगित गरेका छौं ।’
लेन्थवर्करहरुका समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले लेन्थवर्करहरुसंग वार्ता गरेपछि उनीहरुले अनसन तोडेका समितिका सदस्य एवं पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए ।
लेन्थवर्करहरुका समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितीका सँयोजक भट्टले समिती र लेन्थवर्करहरू बिच दुइ बुदे सहमति जुटेको बताएका छन।
भट्टले भने :- “उनिहरुको मागलाई मध्यनजर गर्दै प्रदेश सरकारसँग प्रदेश सडकको निति बनाउन आग्रह गर्ने र प्रदेश निति बनेपश्चात बिगतमा काम गर्दै आएका अर्थात अनशनरत लेन्थवर्करहरुलाई नै काममा राख्ने दुई बुदे सहमती जुटेको हो ।”
तत्कालका लागि लेन्थवर्करहरुलाई राहत स्वरुप पाटन नगरपालिका र मेलौली नगरपालिकाले डेढ÷डेढ लाख रुपैंया प्रदान गर्ने सहमति पनि भएको समितीका सदस्य तथा पाटन नगरपालिकाका मेयर केशब बहादुर चन्दले बताए । उनले भने ‘लेन्थवर्करका समस्या समाधानका लागि हामीले पनि प्रदेश सरकार र केन्द्र सरकारसंग समन्वय गर्ने भनेका छौं । उनीहरुका माग सम्बोधनका लागि पहल गर्नेछौं ।’
बुधबार इलाका प्रहरी कार्यालयमा जिल्लास्थित सरोकारवाला निकाय, प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, लेन्थवर्कर लगायतको उपस्थितीमा अनसन तोड्ने सहमति भएको हो। अन्त्यमा लेन्थवर्करहरूले भने, ‘हाम्रो माग अझै पुरा भएको छैन, २१ दिन अनसन बस्दा पनि मात्र आश्वासन पाएका छौ। आश्वासनकै भरमा अहिलेको लागि हाम्रा माग याथावत राख्दै हाम्रो माग यथावत राख्दै, आन्दोलनको स्वरुप मात्रै परिवर्तन गरेका छौ। आश्वासन आश्वासनमै सिमित रहे भने पछि ससक्त रूपमा फेरी आन्दोलनमा उत्रिने छौ।’
पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले अनसनमा बसेकाहरुलाई जुस वितरण गरेर अनसन तोडाएका हुन् । पाटन –पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि लेन्थवर्करहरुले पारिश्रमिक पाएका छैनन् । लामो समयदेखि पारिश्रमिक नपाउँदा आफूहरुलाई घरपरिवार चलाउन समेत समस्या भएको भन्दै लेन्थवर्करहरु आन्दोलित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार