Categories
राष्ट्रिय समाचार लुम्बिनी प्रदेश

रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनीद्वारा ह्वील चेयर वितरण

लुम्बिनी १३ कार्तिक / रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनीले अपाङ्गहरुलाई ह्वील चेयर वितरण गरेको छ । लुम्बिनीमा अवस्थित राजकीय बुद्ध विहारको प्रांगणमा एक कार्यक्रमको आयोजना गरी ह्वील चेयर वितरण गरेको हो । लुम्बिनी क्षेत्रका ४ जना अशक्त बालबालिकाहरुलाई ह्वेल चेयर वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि सार्कका महासचिव इसला रुवन व्यीरकोनले अपांङ्ग अशक्तलाई ह्वील चेयर वितरण कार्यक्रम आफैमा महान कार्यक्रम भएको बताए ।

रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनीले आफैमा सकारत्मक र सक्रिय क्लबको रुपमा परिचय दिएको उनले बताए । समाजिक सहयोग र समाजमा रहेको समस्या समाधान गर्न पहल नै भगवान गौतमबुद्धको एक नियम सम्बत कार्य भएको उनले प्रशंसा गरेका थिए । गौतमबुद्धको जन्मभुमिमा बुद्धको नियम वा मार्ग प्रति सबैको चासो आफैमा यो क्षेत्रलाई बुद्धमय बनाएको उनले भने ।

कार्यक्रममा अध्यक्षता गर्दै क्लबका अध्यक्ष डा. सत्दल चौधरीले क्लब आफ्ना उत्रदायीत्व निर्वाह गर्न विभिन्न निकाय वा ब्यक्तिहरुको सुझाल सल्लाह बमोजिम नै समाजिक कार्यमा अगाडी बढेको बताउदै कार्यक्रम माथि प्रकाश पारेका थिए । कार्यक्रममा हिरा बहादुर साहीले स्वागत मनतब्य राखेका थिए भने लुम्बिनी होटल ब्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवाली लगायत क्लबका विभिन्न सदस्यहरुको उपस्थिति रहेको थियो ।