Categories
लुम्बिनी प्रदेश समाचार

रूपन्देही माहुरी होमको अध्यक्षमा चौधरी

भैरहवा, १५ कार्तिक ÷मधेश मानव अधिकार गृह ९माहुरी होम० कपिलबस्तुले रूपन्देही शाखा गठन गरेको छ । संस्थाका रूपन्देही स्थित सदस्यहरूको भेलाले राम बिकास चौधरीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला शाखा गठन गरेको हो ।
माहुरी होमका प्रतिनिधि प्रेम जयसवालको प्रवेक्षणमा गठित रूपन्देही शाखाका उपाध्यक्षमा अमृता अनमोल, सचिवमा पबित्रा त्रिपाठी, सहसचिवमा लक्ष्मी चौधरी र कोषाध्यक्षमा बिकास यादव रहेका छन । शाखाको सदस्यहरूमा शम्भू बरइ, कृष्णा हरिजन, अशोक गोश्वामी, जुबेर अहमद खाँन, बृजमोहन हरिजन, राकेश यादव, उषा किरन पन्त र हृदयराम गुप्ता रहेका छन । भेलाले ३ सदस्यीय आसन्न केन्द्रिय अधिवेशन प्रतिनिधि समेत छनौट गरेको छ  त्यसैगरि भेलाले प्राध्यापक त्रिभुवन बरइ, महिला अधिकारकर्मी धनेश्वरी चौधरी र शिक्षाबिद् अब्दुल रउफलाइ जिल्ला शाखा सल्लाहकार चयन गरेको माहुरी होम रूपन्देही शाखाले बताएको छ ।