Categories
राजनीति लुम्बिनी प्रदेश

मर्चवारको मझगाँवालाई शहरीकरण गर्ने : मन्त्री खाँन

मर्चवार १५ कार्तिक /मर्चवारको केन्द्रको रुपमा रहेको मझगावाँलाई शहरीकरण गर्ने लुम्बिनी प्रदेश सरकारका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वशीउद्दीन खाँनले बताएका छन् । रुपन्देही क्षेत्र नं. ४ ‘ख’ बाट निर्वाचित मन्त्री खाँनले गृह क्षेत्रमा स्वागत तथा सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।

कोटहीमाई ६ मर्चवारी धर्मशालामा आयोजित मन्त्रीको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथ्यता गर्दै मन्त्री खानले मर्चवार क्षेत्रको प्रतिनिधित्व गर्ने मझगावाँ बजारलाई शहरमा परिणत गर्ने योजना ल्याएको बताए । शहरी क्षेत्रमा हुने अधारभूत कुराको ब्यवस्थापन गर्न ५० लाख बजेट बिनियोजन गरेको मन्त्री खानले जानकारी दिएका छन् ।

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर भौतिक निर्माणको लागि पनि विभिन्न बजेट बिनियोजन गरेको मन्त्रीले बताएका छन् । किसानहरुको सिँचाई माध्यमको अभिभावको भूमिका खेलेको मर्चवार लिफ्ट सिँचाई आयोजनाको नहर मर्मत सम्भारको लागि करीब २ करोडा बजेट बिनियोजन गरेको उनले बताएका छन् ।
पर्यटकी क्षेत्र विकासको लागि मर्चवारी मन्दिरको गुरु योजना तथा डिपिआर निर्माणको लागि ४० लाख बजेट बिनियोजन गरेको कार्यक्रममा उनले बताए ।

टापुको क्षेत्र महसुस गर्ने कोटहीमाइ २ र मायादेवी ५ भुवरी, सक्रौनपकडी क्षेत्रमा सहजै दमकल, एम्बुलेन्स लगायतका सावारी साधनको पहुँ्च बढाउन तिनाउ नदीको भुवारीमा १८ करोडको लागतमा पक्की पुल निर्माण गर्ने बजेट बिनियोन गरेको मन्त्री खानले बताए । यसैगरी मर्चवार बहुमुखि क्याम्पसको लागि २५ लाख बजेट बिनियोजन गरिसकेको मन्त्री खानले जानकारी दिएका छन् ।
दुईमोहान देखि रमवापुर सडक, तुनिहवा देखि बगौली, सिपवा देखि महजिदिया, मर्चवारी मन्दिर क्षेत्रमा हिलो मुक्त सडक निर्माण गर्ने आगामी वर्षको योजना बनाएको मन्त्री खानले बताएका छन् ।
आफ्नो कार्यकालमा मर्चवार क्षेत्रमा एक प्राविधि मैत्री शिक्षालयको स्थापना गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै युव नेता आसुतोष मिश्रले मर्चवारले युवा मन्त्री पाएको खुसी ब्यक्त गरेका छन् । मर्चवारले यस भन्दा पहिला पनि शिक्षा मन्त्री पाएको तर शिक्षा क्षेत्रमा कुनै परिवर्तन नभएको आलोचना गरे । उनले भने ‘मर्चवारलाई पावर वाला मन्त्री हैन विकास गर्ने मन्त्रीको आवश्यक्ता थियो त्यो पुरा भएको छ । अब शिक्षा क्षेत्रमा राम्रो विकास हुनेछ ।’
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य विनोद श्रीवास्तव, राजकुमार सिंह, युव नेता गुरुवचन यादव, नेपाली कांग्रेस कोटहीमाई कमिटि अध्यक्ष अवधराम यादव, सम्मरीमाई गाउँपालिका कमिटि अध्यक्ष रमेश यदाव, युवा नेताम कृष्ण कुमार सिंह लगायतकाले शुभकामना तथा स्वागत मनतब्य बोलेका थिए ।
नेपाली कांग्रेस मर्चवारी गाउँपालिका कमिटिको आयोजना सम्पन्न उक्त कार्यक्रममा कमिटि अध्यक्ष जनार्दन यादवले अध्यक्ष गरेका थिए भने समाजसेवी जगन्नाथ प्रसाद कुर्मीले कार्यक्रम संचालन गरेका थिए ।