Categories
समाचार

नागरिकलाई प्रहरी तथा प्रहरीले नागरिकलाई सम्मान गर्नुपर्छ : गृहमन्त्री खांण

भैरहवा, १ मंसिर ।

गृहमन्त्री बालकृष्ण खांणले नेपाली नागरिकलाई प्रहरी तथा प्रहरीले नेपाली नागरिकलाई सम्मान गर्नु पर्ने बताएका छन । उनले प्रहरी जवानमा भर्ती भएका जवानहरु घर जाने बेला एक तह प्रमोशन भएर जानुहोस् भन्नेतर्फ सरकारको ध्यान गएको बताए । सरकार, राज्य र सुरक्षा निकाय अभिन्न अंगको रुपमा रहेको उनले बताए । निजामति सेवालाई कसरी अझ वैज्ञानिक बनाउने, कर्मचारीलाई अझ बढी जिम्मेवार बनाएर नागरिकलाई सहज तरिकाले सेवाप्रभाव गर्नेतर्फ सरकार लागेको ’उनले बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको १३ औं महाधिवेशनबाट निर्वाचित वडा, नगर, गाउँ, क्षेत्रीय समिति सभापति लगायतको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खांणले सरकारले विप्लव समूहसंग वार्ता प्रारम्भ गरेको बताए । उनले विप्लव समूहको राजनीतिक माग÷मुद्दालाई सम्बोधन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकार लागेको बताए । गृहमन्त्री खांणले नागरिकको जीवनलाई कसरी सहज बनाउने र उत्पादनलाई कसरी वृद्धि गर्ने भन्नेतर्फ सरकार लागेको बताए । उनले भारी वर्षाले किसानको खेतमा नोक्सान पुगेकाले शेरबहादुर नेतृत्वको सरकारले किसानलाई राहत प्रदान गर्ने निर्णय गरेको बताए । मूल्यवृद्धिका कारण नागरिकमा उत्पन्न निराशालाई सन्तुलित बनाउनेतर्फ सरकारको ध्यान गएको उनको भनाइ थियो ।