Categories
समाचार

रुपन्देहीमा पेस्तोलसहित एकजना पक्राउ

भैरहवा, १ मंसिर ।

प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगर, बिन्दुनगरका २८ वर्षिय सन्दिप थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

मंगलबार राती वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सन्दिपको साथबाट फलामको व्यारेल, काठको ग्रिप र एकथान कटुवा पेस्तालसहित फेला पारी उनलाई नियन्त्रणमा लिइएको चन्दले बताए ।

नियन्त्रणमा लिइ अनुसन्धान पश्चात बुधबार रुपन्देही जिल्ला अदालतबाट हातहतियार तथा खर–खजाना मुद्दामा म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।