Categories
स्थानीय समाचार

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

भैरहवा– ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान रोहिणीमा पनि सुरू गरिएको छ ।
विहिवार धकधईको रोहिणी गाउँपालिका,इलाका प्रहरी कार्यालय धकधई र सामुदायिक प्रहरी सेवा केन्द्रले अभियानको सुरुवात गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले महिला र पुरुषविचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न रोहिणी गाउँपालिका लागि परेको बताए ।
‘अहिले महिलामात्र होईन, पुरुषपनि हिंसामा पर्ने गरेका छन’ उनी भन्छन्, ‘१६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने समय आएको छ ।’
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, रोहिणी ३ वडाअध्यक्ष वीरबहादुर क्षेत्री ,धकधई सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष जयप्रकाश यादव, नेकपा नेता संजय गुप्ता, इप्रका प्रमुख हरिनारायण श्रेष्ठ, धकधई ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाइ, शिक्षक शिक्षिका,विद्यार्थी ,समाजसेवी, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थित रहेको थियो ।