Categories
स्थानीय समाचार

सिद्धार्थनगरका अतिविपन्न ४५ परिवारलाई खाद्यान्न वितरण

भैरहवा । सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा भैरहवाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । बेलायतमा रहेका भैरहवावासीको समूह सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा सिद्धार्थनगरका अतिविपन्न ४५ परिवारलाई खाद्यान्न वितरण गरिएको स्थानिय समन्वयकर्ता ओम श्रेष्ठले बताए ।
‘हाल बेलायतमा बस्ने भैरहवावासीहरुले सिद्धार्थनगर भैरहवा परिवार–बेलायत नामक समूह स्थापना गरी भैरहवामा रहेका अतिविपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम पठाउनुभएको छ, ’उक्त रकमले समस्यामा रहेका परिवारलाई सहयोग गर्न तथा केही रचनात्मक कार्य गर्न सकिन्छ भनेर अगाडी बढेका छौं, श्रेष्ठले भने ।
शर्मिला हिराचनको संयोजकत्वमा रहेको सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको सहयोगमा यस अघि प्रथम चरणमा निषेधाज्ञाको समयमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएसं)मा उपचाररत बिरामी र बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिएको उनले बताए ।

त्यस्तै दोस्रो चरणमा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी मृृगौलासम्बन्धि रोगबाट पीडित अर्जुन राना, कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डे र क्यान्सरबाट पीडित सिद्धार्थनगर–८ की मञ्जु रानालाई उपचारका लागि २५/२५ हजार रुपैयाँ प्रदान गरिएको उनले जानकारी दिए ।

Categories
लुम्बिनी प्रदेश

मानव अधिकार अनुगमन समिति गठन

भैरहवा । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको नेतृत्वमा मानव अधिकार अनुगमन समिति गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयमा बुटवलका कार्यालय प्रमुख सम्झना शर्माको अध्यक्षतामा बसेको कोभिड–१९ महामारीको सन्दर्भमा मानवअधिकार संरक्षण कार्यविधि, २०७८ बमोजिम रुपन्देही जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गर्ने उद्देश्यले बसेको उक्त बैठकले सो समिति गठन गरेको हो ।
बैठकमा नेपाल बार एसोशिएसन, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, नेपाल चिकित्सक संघ, औषधी व्यवसायी संघ, इन्सेक, नेपाल मानवअधिकार संगठन, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान, महिला, बालबालिका, दलित, आदिवासी जनजाति महासंघ, यौनिक तथा लैंगिक अल्पसंख्यक लगायतका विभिन्न संघ–संगठनका प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।
कार्यविधि अनुसार उक्त समितिको सदस्य सचिवमा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका मानवअधिकार अधिकृत दीपक ठाकुर रहेका छन भने सो समितिमा बार एशोसिएसनका अध्यक्ष लोकनाथ पन्त, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान रुपन्देहीका जितेन्द्र प्र.्र बन्जाडे, नेपाल औषधी व्यवसायी संघ, रुपन्देहीका सुरज भट्टराई, गैरसरकारी संस्था महासंघ रुपन्देही÷इन्सेकका प्रतिनिधि रीमा वि.सी, स्वतन्त्र विकास समाज नेपालका सावित्रा घिमिरे, साहसी कदम नेपाल/यौनिक तथा लैंगिक अल्पसंख्यकका आनिक राना रहेका छन् ।
समितिमा अप्रवासी महिला सरोकार केन्द्र, रुपन्देहीका जानकी घिमिरे, थर्ड एलाइन्स, रुपन्देहीका अग्नीशक्ति यादव, आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका सोनु थापा, नेपाल मानव अधिकार संगठन रुपन्देहीका पवनकुमार पौडेल, परिवर्तन नेपालका रिता सेन ओली, मानवअधिकारका लागि एकल महिला महिला समूहका राधिका श्रेष्ठ, माहुरी होम, रुपन्देहीका रामविकास चौधरी, अपांग महासंघ, रुपन्देहीका हुमनाथ अधिकारी, माइती नेपालका माया क्षेत्री, मानवअधिकार शान्ति समाज रुपन्देहीका डि.पी खनाल , नमूना एकीकृत विकास परिषद्का ज्ञानु पौड्याल, दलित महिला संघ रुपन्देहीका मनु खडका, एडभोकेसी फोरम, रुपन्देहीका इन्दिरा आचार्य गरी समिति २१ सदस्यीय रहेको छ ।