Categories
राष्ट्रिय समाचार वाग्मती प्रदेश स्थानीय समाचार

१९ बर्षे ठिटो नमोबुद्द नगरपालिकाको मेयर बन्दा ….

नमोबुद्द नगरपालिकाको नगर युवा परिषदले नमुना नगर युवा सभा सम्पन्न गरेको छ। युवाको सहभागिता,नेतृत्व विकास र परिचालन अन्तर्गत नगर युवा परिषद नमोबुद्दले यो कर्यक्रमम आयोजना गरेको हो। नगरपालिकाको सभाहल भाकुण्डेबेशी मा चार दिन सम्म चलेको नगर सभाको अभ्यासमा सबै वडा बाट गरी जम्मा ३५ जना सहभागी हरु थिए । नमुना नगर सभामा १६-२४ उमेर समुहको युवाहरुको सहभागी थियो।

Categories
अर्थतन्त्र

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १६ बैशाख । नेपाल राष्ट्र बैंकले विहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

Exchange Rate for April 29, 2021Select Date:GoExchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15

Open Market Exchange Rates(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 118.67 119.27
EUR (European Euro) 1 143.26 143.98
GBP (UK Pound Sterling) 1 164.69 165.52
CHF (Swiss Franc) 1 129.75 130.41
AUD (Australian Dollar) 1 91.95 92.41
CAD (Canadian Dollar) 1 95.67 96.15
SGD (Singapore Dollar) 1 89.48 89.94
JPY (Japanese Yen) 10 10.90 10.95
CNY (Chinese Yuan) 1 18.30 18.39
SAR (Saudi Arabian Riyal) 1 31.64 31.80
QAR (Qatari Riyal) 1 32.59 32.76
THB (Thai Baht) 1 3.78 3.80
AED (UAE Dirham) 1 32.31 32.47
MYR (Malaysian Ringgit) 1 28.93 29.07
KRW (South Korean Won) 100 10.65 10.70
SEK (Swedish Kroner) 1 14.17 14.24
DKK (Danish Kroner) 1 19.27 19.36
HKD (Hong Kong Dollar) 1 15.29 15.36
KWD (Kuwaity Dinar) 1 393.95 395.94
BHD (Bahrain Dinar) 1 314.71 316.30

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

Categories
समाचार

बिना काम घरबाट बाहिर ननिस्कनू, निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौँ, १६ बैशाख । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण गति बढ्दै गएपछि बाध्यतावस निषेधाज्ञा जारी गरेको जानकारी दिए । बिनाकाम घर बाहिर ननिस्कन र जरुरी परे स्वास्थ्य मापदण्ड पूर्णपालना गरेर मात्र निस्कनसमेत उनले आग्रह गरे । ‘संक्रमण गति बढ्दै गएपछि सरकारले बाध्यतावस निषेधाज्ञा जारी गरेको हो, संक्रमण गतिलाई चेनब्रेक गर्न हाम्रा गतिविधि नियन्त्रण गर्नुको विकल्प छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले राजधानीसँग भने, ‘जीवन रक्षाको यो लडाइ“मा सफलता प्राप्त गर्न स्वास्थ्य मापदण्ड पालना र बिनाकाम घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।’

मन्त्री ज्ञवालीले अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न र प्रशासनको आदेशानुसार गर्न आग्रह गरे । संक्रमण गति दिनदिनै तीव्र बन्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै बुधबार राति अबेरसम्म १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका अनुसार बुधबार रातिसम्म १२ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा आदेश जारी गरेको हो । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, कास्की, सुर्खेत, चितवन र पाल्पामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

कास्कीबाहेकका जिल्लामा पूर्णरूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कास्कीमा जोरबिजोर लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायत सञ्चालन गर्न पाइ“दैन । सार्वजनिक एवं निजी सवारी साधन १६ वैशाख बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभरमा रोक लगाइएको छ ।

विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी (दुलाहादुलहीसहितका)ले ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर सो कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी पास लिनुपर्नेछ । विवाह/व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भए चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेस गर्नुपर्नेछ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेशमा रोक लगाइएको छ । अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापनलगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने जनाइएको छ । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइनेछ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैं एयरपोर्ट जाने सवारी साधनका लागि सहजीकरण गरिनेछ । अस्पताल आउनेजाने बिरामी वा कुरुवा तथा मृत्यु संस्कारमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्थामा सवारी साधन प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीबाट जारी हुने सवारी पास लिनुपर्ने भएको छ । खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला गर्ने, डिपार्टमेन्ट स्टोर र ग्रोसरी कक्ष पनि सोहीअनुसार खोल्न पाइने तर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जनाइएको छ ।

नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त बित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारी र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ । सञ्चारकर्मी-पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइनेछ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्नेछ । यो समाचार आजको राजधानी दैनिकमा छ

Categories
समाचार

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो ।

सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने

भारतबाट फर्केका नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि बैतडी सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने भएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले कोरोना सङ्क्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले वीरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

भारतसँग सीमा जाडिएको झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको हो । यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिकमध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका कुराहरुमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

यस्तै सरकारले कोरोना सङ्क्रमणबाट बच्नका लागि २५ जनाभन्दा भीडभाड हुने खालका क्रियाकलाप नगर्न अनुरोधसमेत गरेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै सीमा नाकामा समेत उच्च सतर्कता अपनाइएको छ ।

Categories
शिक्षा

पूर्वी चितवनको भण्डारामा मौरीबाट गरिने उपचार

चितवन।
पूर्वी चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम शुरुआत गरिएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो ।
प्रदेश सरकारको रु पाँच लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको सो केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ । अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालयका प्रमुख डा शिव रिजालले जानकारी दिए । उनले भने, “अहिले भौतिक संरचना निर्माणको काम भइरहेको छ ।” केन्द्र सञ्चालन अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने छ ।
सो भवनका लागि आवश्यक उपकरणको व्यवस्थासँगै जनतामा सचेतना जगाउने काम भइरहेको छ । यस केन्द्रमा मह, कुट, कुटको चोप, विभेनम ९मौरी विष० लगायतको प्रयोग गरी उपचार गरिने छ । रिजालका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ । रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्सोको उपचार गर्न सकिने उनले बताए ।
उनले भने, “मौरीको घारमा आएको आवाज र त्यहाँ उत्पन्न रसायनको कारण शारीरिक स्वस्थतालाई मद्दत पुग्ने गर्छ ।” नेपालमा मौरी र मौरीको उत्पादनबाट उपचार गर्ने केन्द्र काठमाडौँमा रहेको भन्दै उनले यसको विस्तार गर्नसकेमा मौरी पर्यटन विकास गर्न सकिने जानकारी दिए । मौरीलाई टोकाएर र मौरीको घारमाथि विस्तार बनाएर सुत्दा मानसिक रोगको उपचार गर्न सकिने बताइएको छ ।
प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि सौराहामा एपि थेरापी केन्द्र स्थापना गर्ने भनेको भए पनि सो स्थानमा व्यवस्थापनमा कठिन परेपछि भण्डारामा स्थापना गरिएको हो । मौरीपालक कृषकलाई मह उत्पादन मात्र नभएर मौरीको विभिन्न परिकार उत्पादनका लागि मद्दत पुग्ने उद्देश्यले यो केन्द्र स्थापना गर्न लागिएको हो ।
मौरीबाट उत्पादन हुने शाही खुराक, पोलन, कुट, मौरी विषलगायतका अन्य उत्पादनबाट विभिन्न रोगको उपचार हुने भएकाले यी वस्तु उत्पादनमा जोड दिन केन्द्र सञ्चालन गर्न लागिएको उनले बताए । रासस

५० प्रतिशत अनुदानमा उन्नत जातको तरकारीका बीउ वितरण